पेट्रोलियमबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 20, 2018 | 09:20:19 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ। बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२/०७३ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता १५ अर्ब १२ करोड रुपैयाँ संकलन भएको आयल निगमले जनाएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा १ अर्ब १६ करोड, २०७३/०७४ मा ९ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको थियो । २०७४/०७५ को पुस १५ सम्ममा ४ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको उनले बताए ।

हाल आयात गरिएको इन्धनमा भन्सार बिन्दुमै पूर्वाधार कर (बूढीगण्डकी जलविद्युत आयोजनाका लागि) लाग्छ । सोही अनुसार उक्त रकम सरकारी ढुकुटीमा संकलन भएको निगमले जनाएको छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved