यस्तो खेलमा लागे स्वास्थ्यमन्त्री दिपक बोहरा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 06:35:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन् ।


मन्त्रालय स्रोतका अनुसार गत कार्तिक ३० गतेको ४० औं सिनेट बैठकको निरन्तरतास्वरुप बैठक डाक्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै मन्त्री बोहरा प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई नै हटाउने प्रयासमा छन् ।


प्रतिष्ठानको सुहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री बोहराले निर्देशन अवज्ञा गरेको भन्दै एक साताअघि उपकुलपति रौनियारलाई स्पष्टीकरण सोधिसकेका छन् ।


स्पष्टीकरणमा चित्त नबुझेको भन्दै मन्त्री बोहराले थप कारबाहीका लागि कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पत्राचार गरिसकेको स्रोतको भनाइ छ । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved