प्रदेश प्रमुख कार्यालयमा सहसचिवको नेतृत्व (नाम सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 06:52:11 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश सभाका सांसदहरूले सपथ ग्रहण गर्ने अघिल्लो दिन शनिवार सरकारले  सात वटै  प्रदेशमा प्रदेश प्रमुख कार्यलयमा सचिव पठाएको छ।प्रदेश प्रमुखको कार्यलयमा खटाइएका कर्मचारी  नेपाल सरकारका सह-सचिव सरहका कर्मचारी रहेका छन्। समान्य प्रशासन मन्त्रालयका अनुसार एक नम्वर प्रदेशमा रामकृष्ण गुरागाईं, दुइ नम्वर प्रदेशमा लाबन्य कुमार खनाल, तीन नम्वर प्रदेशमा चतर्भुज ज्ञवाली, चार नम्वर प्रदेशमा देवीप्रसाद ज्ञवाली, पाँच नम्वर प्रदेशमा सनदकुमार दवाडी, ६ नम्वर प्रदेशमा भरतबहादुर ढुगाँना, र ७ नम्वर प्रदेशमा युवराज सुवेदी रहेका छन्। समान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले   आइतवार विहानसम्म सबै प्रदेशमा मन्त्रालयबाट खटाइका कर्मचारी  पुग्ने बताए। समान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट ती कर्मचारीबाट खटाइएको पनि उनले जनाए। ‘प्रदेश प्रमुख कार्यलयमा सचिवमा खटाइएका कर्मचारी भोली (आइतवार) विहान सम्म सबै प्रदेशमा पुगिसक्नु हुने छ,’उनले भने।

समान्यले एउटा प्रदेशमा १३ कर्मचारीको दरले ७ वटा प्रदेशमा ९१ कर्मचारी  खटाएको छ। मन्त्रालयका प्रवक्ता न्यौपानले मन्त्रिपरिषदले स्विकृति दिने वित्तिकै प्रदेश मुख्यमन्त्री तथा प्रदेश  मन्त्रिपरिषद कार्यलयमा पनि सचिव खटाउने तयारी भएको बताए।   

प्रधानमन्त्री कार्यालयका अनुसार एउटा प्रदेश प्रमुखका लागि कार्यालयमा १३ र निजी सचिवालयका लागि १२ कर्मचारी खटिनेछन्। सरकारका सहसचिवसरहका कर्मचारी प्रदेश प्रमुखको कार्यालयमा सचिव हुनेछन्। यसैगरी प्रदेश प्रमुखको कार्यालयमा एक उपसचिव, शाखा अधिकृत, सवारीचालक र कार्यालय सहयोगी रहनेछन् । निजीतर्फ स्वकीय सचिव, सहस्वकीय सचिव, सवारीचालक, कार्यालय सचिवसम्म कर्मचारी रहनेछन् ।

सामान्य प्रशासन मन्त्रालयले सातवटा प्रदेशमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा तथा प्रदेश मुख्यमन्त्रीको कार्यालयका लागि अस्थायी व्यवस्थापन गर्न करिब ३ हजार कर्मचारीको विवरण राखेको जनाएको नागरिक न्युजमा खबर छ । प्रवक्ता शिवराम न्यौपानेले भने, ‘सात प्रदेशमा अस्थायी प्रशासनिक संरचनाको व्यवस्थापन गर्न मन्त्रालयले ३ हजार कर्मचारीको विवरण संकलन गरेको छ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved