प्रधानन्यायाधीश पत्नीको यस्तो पीडा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 23, 2018 | 06:41:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आजका युवाहरु सेकेन्ड सेकेन्डमा सामाजिक सञ्जालसँग जोडिएका हुनछन् । देश र समाजलाई कुन दिशातर्फ अगाडि बढाउने भन्ने कुरालाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गम्भीरतापूर्वक लिएनन् भने त्यसले परिवार र समाजलाई कति ठूलो पीडा दिएको हुन्छ भन्ने कुरा बहालवाला प्रधानन्यायाधीश गोपाल पराजुलीको परिवारले भोगिरहेका छन् । अरुले न्याए नपाएर त्यसविरुद्ध उजुरी गर्न अदालत जान्छन् । तर, एक जना प्रधानन्यायाधीशकै पत्नीले पीडा पाए भने उजुरी गर्न कहाँ जाने ?

गत शनिबार आफ्नै निवास बालुवाटारमा केही पत्रकारहरुसँग गुनासो पोख्दै प्रधानन्यायाधीश पत्नी बसन्ता पराजुलीले भनिन्– मिडियाले उहाँको चार जना पत्नी भनेर हफवाह फैलाए । त्यसैलाई हौवा मच्चाएर सामाजिक सञ्जालभरी म र मेरा छोरा, छोरीलाई पीडा दिने काम भयो । छोरा क्षितिज ११ कक्षामा पढ्दैछन् । छोरी बुनु ६ कक्षामा पढ्दैछिन् ।

स्कुलमा उनीहरु कसका छोरा छोरी हुन् भन्ने सबैले चिनेका छन् । म पनि सरकारी कर्मचारी नै हुँ । मेरो अफिसमा ,पनि सबैले म कसकी श्रीमती हुँ भन्ने कुरा थाहा छ । अब तपाईहरु आफै भन्नुस्– उहाँकी चार जना रुीमती कहाँ छन् ? देखाउन सक्नुहुन्छ ? देखाइदिनुभयो भने जे जस्तो सजाय भोग्न पनि म तयार छु । दृष्टि साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved