सरकारी खर्चमा डोल्पाका जनप्रतिनिधिको मस्ती, भ्रमण कै लागि ३५ लाख बजेट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2018 | 06:00:33 AM मा प्रकाशित

laxmi  sunrise bank

डोल्पाका आठ मध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्ला भित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शेफोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिव समेत घुमघाममा निस्केका हुन् । सबै तहले नगर र गाउँ परिषद्बाटै निर्णय गराएर भ्रमणका लागि साढे पाँच लाख देखि ३५ लाख रुपैयाँ सम्म बजेट छुट्याएका छन् । शेफोक्सुन्डो गाउँपालिकाले सबैभन्दा बढी ३५ लाख र मुड्केचुला गाउँपालिकाले सबैभन्दा कम पाँच लाख रुपैयाँ भ्रमणका लागि विनियोजन गरेका हुन् ।

शेफोक्सुन्डोले भ्रमण र कर्मचारीको क्षमता अभिवृद्धिका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको प्रमुख टासीटुण्डुप गुरुङले जानकारी दिए । उनले ‘माथिल्लो डोल्पाको पर्यटकीय क्षेत्रको विकासका लागि’ भ्रमणमा पठाएको दाबी गरे । ‘हेर, देख र सिक अनि प्रयोगमा ल्याऊ’ भन्ने नै मुख्य उद्देश्य रहेको भ्रमण टोलीमा रहेका शेफोक्सुडो गाउँपालिका ४ का वडाध्यक्ष पेमा वाङजेन लामाले जानकारी दिए । उनका अनुसार स्थानीय तहमा रहेका विभिन्न खनिज तथा जडीबुटीको प्रयोग र व्यवस्थापन, स्थानीय स्रोतको संरक्षण र प्रयोग, महिला समूहहरूको सीप विकास, महिलाको रोजगार व्यवस्था लगायत विभिन्न उद्देश्य लिएर जनप्रतिनिधि भ्रमणमा निस्केका हुन् । अन्नपूर्ण 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved