महानिर्देशकलाई हटाउन नमान्दा सचिव नै सरुवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2018 | 06:53:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाउन सफल नभएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सरुवा गरिएको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राधिकरणका महानिर्देशक गौतम हटाउन लागिपरेका मन्त्री जितेन्द्रनारायण देवलाई सहयोग नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा न्यौपानेको सरुवा गरिएको छ। सार्वजनिक खरिद कार्यालयका सचिव कृष्ण देवकोटालाई मन्त्रालयमा ल्याइएको छ। मन्त्री देवले भदौ २७ देखि गौतमलाई हटाउने खेल सुरु गरेका थिए। तर निर्वाचन आचारसंहिताका कारण उनी सफल हुन सकेका थिएनन्।

सचिव न्यौपाने मन्त्रालयमा आएको ३ महिना पनि पूरा भएको छैन। मन्त्री देव गौतमलाई हटाएर मन्त्रालयकै उपसचिव सुरेश आचार्यलाई महानिर्देशक बनाउन पहिलेदेखि लागि परेका थिए। सचिव न्यौपाने आएसँगै मन्त्री देव यसमा सफल हुन सकेका थिएनन्।

मन्त्री देवले बिहीबार दिउँसो गौतमलाई हटाएर मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई महानिर्देशक बनाउने प्रस्ताव तयार गर्न लगाएको सचिव महेश्वर न्यौपानेले बताए। मन्त्रीको आदेशअनुसार गौतमलाई हटाउने प्रस्ताव बनाउन नमान्दा सरुवा गरिएको न्यौपानेको भनाई छ। 'मलाई गौतमलाई हटाएर आचार्यलाई महानिर्देशक बनाउने प्रस्ताव तयार पार्नु भन्ने मन्त्रीज्यूको आदेश थियो, नमान्दा सरुवा भएँ', उनले भने । अन्नपुर्ण 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved