कृषिप्रधान मुलुक नेपालमा ६ महिनामा १४ अर्बको चामल आयात

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 05, 2018 | 06:31:50 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ६ महिनामा १४ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो । तर, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको छ । 
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा १३ अर्ब ९५ करोड ६३ लाख ४४ हजार ९ सय ९० रुपैयाँ बराबरको चामल आयात भएको हो । गत वर्षको सोही अवधिमा ११ अर्ब ४३ करोड रुपैयाँको चामल आयात भएको थियो । छिमेकी मुलुक भारतबाट सवैभन्दा धेरै चामल आयात हुने गर्छ । चीन, थाइल्यान्ड र बंगलादेशबाट पनि थोरै परिमाणमा चामल आयात हुने तथ्यांकले देखाएको छ । मुलुकमा मासिक २ अर्बभन्दा बढीको चामल आयात हुने गरेको छ । खानेपानीमा आएको परिवर्तनको कारणले गर्दा पनि चामल आयात बढ्दै गएको कृषिविज्ञको भनाइ छ । 
व्यापारविज्ञ पुरुषोतम ओझाले खेतियोग्य जमिन घट्दै जानु, काम गर्ने जनशक्ति अभावले मागअनुसार उत्पादन नहुँदा चामल आयात हुने गरेको बताए । आयात प्रतिस्थापनको लागि स्थानीय उत्पादनमा उत्पादनमा विशेष जोड दिनुपर्नेमा उनले जोड दिए । कृषिप्रधान मुलुक भए पनि वार्षिक डेढ खर्बभन्दा वढीको कृषिजन्य वस्तु आयात हुने गर्छ । निर्यात भने न्यून परिमाणमा हुने गरेको छ । 
कृषि विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ५१ लाख ५१ हजार टन धान फलेको छ । गत आर्थिक वर्षमा धान उत्पादन बढे पनि यस वर्ष भने परिमाण केही घटेको छ । गत वर्ष ५२ लाख ३० हजार टन धान उत्पादन भएकोमा यो वर्ष उत्पादनमा सामान्य कमी आएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि आर्बौं रुपैयाँको खाद्यान्न आयात हुने गरेको छ । पछिल्लो समय खेतीयोग्य जमिन खडेरीमा प्रयोग हुनु, जनशक्तिको अभाव, खानेबानीमा परिवर्तन लगायतले गर्दा पनि चामलको आयात बढ्दै गएको कृषिविज्ञ बताउँछन् । 
खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन । सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बाैं रुपैयाँको चामल आयात हुने गरेको छ । 
कृषि विज्ञका अनुसार खेतीयोग्य जमिनहरू घडेरीमा परिणत भएकाले पनि उत्पादन हुन नसकेको हो । कृषि मन्त्रालयको तथ्यांकअनुसार मुलुकमा २७ लाख हेक्टर जमिनमा कृषि कर्म हुन्छ । १५ लाख ५२ हजार हेक्टर जमिनमा धान खेती हुन्छ । तीमध्ये करिब ५९ देखि ६० हजार हेक्टर जमिन घडेरीका कारण क्षति भएको मन्त्रालयको भनाइ छ । स्थानीयस्तरमा खाद्यान्न उत्पादन बढाउन मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी नहुँदा आयात प्रतिस्थापना हुन सकेको छैन । कारोबार 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved