डिभोर्सका लागि अदातलमा कस्ता महिला आउँछन् ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 27, 2018 | 07:22:23 AM मा प्रकाशित

laxmi  sunrise bank

केही बर्षयता दार्चुलामा सम्बन्धविच्छेद (डिभोर्स) का घटना बढ्दै गएको छ ।आर्थिक बर्ष २०७२/७३ मा सम्बन्धविच्छेदका लागि ९ मुद्दा जिल्ला अदालत दार्चुलामा दर्ता भएका थिए ।

आर्थिक बर्ष २०७३/७४ मा मुद्दाको संख्या बढेर १८ पुगेको छ ।चालू आर्थिक बर्ष २०७४/७५ को मध्यसम्ममा सम्बन्धविच्छेदका लागि भन्दै १० महिलाले जिल्ला अदालत दार्चुलामा निवेदन दिएको अदालतले जनाएको छ ।

अढाइ बर्षको तथ्यांक हेर्ने हो भने पनि सम्बन्धविच्छेदका लागि निवेदन दिने महिलाको संख्या बढ्दो क्रममा छ । सम्बन्धविच्छेदका लागि महिलाले सोझै अदालतमा निवेदन दिन सकिने प्रावधानका कारण अढाई बर्षमा ३७ महिला अदालत पुगेका छन् ।पुरुषहरुले सम्बन्धविच्छेदका लागि स्थानीय तहबाटै आउनुपर्ने प्रावधान छ ।

सम्बन्धविच्छेद गर्न कस्ता महिला आउँछन् ?

महिला हिंसा र घरेलु हिंसाका कारण  सम्बन्धविच्छेद गराइमाग्ने महिला धेरै भए पनि अंशका लागि सम्बन्धविच्छेद गर्ने र लोग्नेसँग बस्न नसकेर सम्बन्धविच्छेद गर्न खोज्ने, अर्का पुरुषसँग बस्ने योजनासहित पनि महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिने गरेको कानुन व्यवसायीको भनाइ छ । नयाँपत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved