प्रदेश ३ को नाम ‘नेपालमण्डल’ !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2018 | 07:55:47 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ३ को नाम ‘नेपालमण्डल’ राख्न एमालेका एक सांसदले पार्टीमा औपचारिक प्रस्ताव पेस गरेका छन् । काठमाडौं ९ (क) का प्रदेश सभा सदस्य डा. अजयक्रान्ति शाक्यले विभिन्न प्रमाण उल्लेख गरेर ‘नेपालमण्डल’ नाम राखिनुपर्ने प्रस्ताव पेस गरेका हुन् । प्रदेश ३ मा एमालेको एकल बहुमत र दुईतिहाइ बहुमत प्राप्तका लागि वाम गठबन्धनको नेतृत्व रहेकाले प्रस्तावित नाम पारित हुनेमा आफू विश्वस्त रहेको बताए ।

१३ वटै जिल्लाको पहिचान समेटिने दाबी
शाक्यले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नेपालमण्डल’ नाम प्रस्ताव गर्नुपर्ने कारणसहितको चार पृष्ठको विज्ञप्ति जारी गरेका छन् । प्रदेश ३ को नाम नेपालमण्डल राख्दा १३ वटै जिल्लाको पहिचान समेटिने उनको दाबी छ । शाक्यले नेपालमण्डलको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र सामाजिक महत्व रहेको बताए ।

‘स्वयम्भू पुराणका आधारमा राजा धर्माकरले नियमपूर्वक राज्य चलाएकाले देशको नाम नेपालमण्डल रहन गएको थियो । नेपालमण्डल शब्दको ऐतिहासिक अध्ययन गर्दा इस्वीको करिब तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । इस्वीको तेस्रो शताब्दीतिर मानिने आर्य महामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक ५०२ र ५०३ मा नेपालमण्डल भन्ने शब्द उल्लेख छ,’ शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शाक्यले नेपालमण्डल लिच्छवि राजा मानदेवभन्दा अघिदेखि नै उल्लेख भएको तथ्य इतिहास प्रमाणका आधारमा बुझ्न सकिने बताए । नेपालमण्डल शब्द सर्वप्रथम काठमाडौं ज्ञानेश्वरस्थित लिच्छवि राजा जयदेवको इस्वीको आठौँ शताब्दीको अभिलेखमा उल्लेख भएको उनको भनाइ छ । शाक्यले नेपालमण्डल नाम नेपालका प्राचीन अभिलेखमा आठौँ शताब्दीदेखि निरन्तर प्रयोग हुँदै आएको उल्लेख गरे । नयाँ पत्रिका 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved