भारतीय प्रवद्र्धक रहेको दूधकोसीको लाइसेन्स खारेज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2018 | 07:26:24 AM मा प्रकाशित

laxmi  sunrise bank

 ऊर्जा मन्त्रालयले भारतीय कम्पनी प्रवद्र्धक रहेको ३ सय ५० मेगावाटको दूधकोसी–४ जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।  विद्युत् विकास विभागले आयोजनाको प्रवद्र्धक कम्पनी केभीआर इन्डिया इन्फ्रा विद्युत् भेन्चरले माग गरेको कागजपत्र पेश नगरेको र समयमै आयोजना अघि नबढाएको भन्दै मन्त्रालयले आयोजनाको उत्पादन अनुमतिपत्रको दरखास्त खारेज गरिएको हो ।

ऊर्जासचिव अनुपकुमार उपाध्यायको सोमबारको सचिस्तरीय निर्णयले आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ ।ऊर्जा मन्त्रालयले भारतीय कम्पनी प्रवद्र्धक रहेको ३ सय ५० मेगावाटको दूधकोसी–४ जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।  विद्युत् विकास विभागले आयोजनाको प्रवद्र्धक कम्पनी केभीआर इन्डिया इन्फ्रा विद्युत् भेन्चरले माग गरेको कागजपत्र पेश नगरेको र समयमै आयोजना अघि नबढाएको भन्दै मन्त्रालयले आयोजनाको उत्पादन अनुमतिपत्रको दरखास्त खारेज गरिएको हो । ऊर्जासचिव अनुपकुमार उपाध्यायको सोमबारको सचिस्तरीय निर्णयले आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ ।

“पटक–पटक प्रगति विवरणसहित आउन पत्राचार गरे पनि कागजपत्र नबुझाएकोले आयोजनाको दरखास्त अनुमतिपत्र खारेज गरेका हौँ ,” विभागका महानिर्देशक नवीनराज सिंहले भने, “विभागले विद्युत् आयोजनाहरूको अनुमतिपत्रसम्बन्धी निर्देशिका २०७३ बमोजिम ५ पटक पत्राचार र दुईपटक स्पष्ट माग गर्दा समेत कागजपत्र र विवरण नबुझाएकोले दरखास्त रद्द गरिएको हो ।” विभागले पछिल्लो समयमा ६ फागुनमा भारतीय कम्पनीसँग आयोजनाबारे स्पष्टीकरण माग गरेको थियो तर कम्पनीले विवरण र स्पष्टीकरण बुझाएन । विभागले भारतीय कम्पनीसँग विद्युत् खरिद सम्झौता (पीपीए) पत्र वा कनेक्सन एग्रिमेन्ट वा आसयपत्र, वित्तीय व्यवस्थापनको अवस्था, आयोजनाको अध्ययन प्रतिवेदन, उद्योग दर्ताको प्रमाणपत्र लगायतबारेको विवरण मागेको थियो ।

भारतीय कम्पनीले २०६७ सालमा सर्भे लाइसेन्स लिएको थियो । प्राधिकरणद्वारा विवरण बुझाउन अटेरविद्युत् प्राधिकरणले विद्युत् विकास विभागलाई विवरण बुझाउन अटेर गरेको छ । विभागले पत्र बुझ्न अटेर गरेको भन्दै प्राधिकरणद्वारा अघि बढाउन लागिएको दुई आयोजनालाई मंगलबार पत्र काटेको हो । विभागका अनुसार प्राधिकरण अन्तर्गतको खिम्ती बजारबाट दोरम्बा सवस्टेसनसम्मको ३३ केभी विद्युत् प्रसारण लाइन आयोजना र टैथली साना जलविद्युत् आयोजनालाई पत्र काटिएको छ ।

विभागको वेबसाइटमा सार्वजनिक गरिएको पत्रअनुसार सवस्टेसनसम्मको विद्युत् प्रसारणको सर्भेक्षण अनुमति पाउनका लागि ५ पुस २०७४ मा दरखास्त दिएको र सो सम्बन्धी अध्ययन गर्दा केही कागजपत्रहरू नपुगेको उल्लेख गर्दै ७ दिनभित्र पेश गर्न र नगरेमा नियमअनुसार कारबाही गरिने उल्लेख छ । त्यसैगरी प्राधिकरणलाई विभागले पठाएको पत्रमा शक्ति ऊर्जा विकास कम्पनी प्रालिद्वारा प्रस्तावित टैथली साना जलविद्युत्को कनेक्सन एग्रिमेन्टको अवस्था १५ दिनभित्र पेश गर्न भनिएको छ । विभागका सूचना अधिकारी बाबुराज अधिकारीले केही जलविद्युत् आयोजनाहरूले समयमै विवरण पेश नगरेकोले उनीहरूलाई पत्राचार गरिएको र केहीले अटेर समेत गरेको जानकारी दिए ।

विभागको तथ्यांकअनुसार पटकपटक ताकेता गर्दा पनि पत्र नबुझ्ने प्रवद्र्धकहरू ५ दर्जन रहेका छन् । कतिपय प्रवद्र्धकहरूलाई विभागको पत्रलाई वेवास्ता गरेकोले जरीवानासमेत गरिएको विभागले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved