त्यसै छाडिए बिदामा चलाइएका सरकारी गाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2018 | 06:52:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक बिदाका दिन चलाइएका सरकारी सवारीसाधन नियन्त्रणका लिन गृह मन्त्रालयले सक्रियता देखाए पनि कारबाहीका लागि कानुन नहुँदा त्यसै छाडिएका छन् ।

मन्त्रालयले अभियानकै रूपमा शनिबार चलाइएका ८२ वटा सरकारी सावरीसाधन नियन्त्रणमा लिएको थियो । तर, कारबाही गर्न स्पष्ट कानुन नभएको भन्दै आइतबार नै छाडेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्रका विभिन्न स्थानबाट ती सरकारी सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले नियन्त्रणमा लिइएका सवारीसाधन विनाकारबाही छाडिएको बताए । उनले भने, ‘शनिबार ८२ सवारीसाधन नियन्त्रणमा लियौँ, २४ घन्टासम्म होल्ड गर्‍यौँ । तर, भोलिपल्ट सबै सवारीसाधन त्यतिकै छाडिदियौँ ।’ उनका अनुसार त्यसरी सञ्चालन हुने सवारीलाई कारबाही गर्न स्पष्ट कानुन छैन, न त निर्देशिका नै बनेको छ । नयाँ पत्रिका 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved