मंगलबारदेखि सबै सरकारी कार्यालयमा फेसबुक बन्द हुँदै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 26, 2018 | 06:46:13 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली प्रदेशका सरकारी कार्यालयमा मंगलबारदेखि फेसबुक बन्द गरिने भएको छ । आइतबार इन्टरनेट सेवा प्रदायक कम्पनीसँग छलफल गरी मंगलबारदेखि बन्द गर्ने प्रदेश सरकारले तयारी गरेको छ ।

‘सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सोमबार पत्र पठाएर मंगलबारदेखि बन्द गरिनेछ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव सुरेश पहाडीले भने ।

मुख्यमन्त्री शाहीले आइतबार कर्णालीको राजधानी सुर्खेतमा इन्टरनेट सेवा प्रदायक कम्पनीसँग छलफल गरेर जानकारी लिएका छन् ।

यहाँ नेपाल टेलिकम, वल्र्डलिंक, सुबिसु, टेक माइन्ड र सुर्खेत केवल नेटले इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन् । सरकारी कर्मचारी कार्यालय समयमा काम नगरी फेसबुक चलाइराख्ने गरेको गुनासो आएपछि बन्द गर्न लागिएको पहाडीको भनाइ छ ।

मन्त्रालयबाट सुरुवात
कर्णाली प्रदेशका सरकारी कार्यालयमा बिहान १० देखि साँझ ४ बजेसम्म फेसबुक बन्द गर्न लागिएको हो । प्रमुख स्वकीय सचिव पहाडीका अनुसार पहिलो चरणमा मुख्यमन्त्रीको कार्यालयसहित मन्त्रालयमा फेसबुक बन्द गरिनेछ । ‘अहिले सरकारी कार्यालयमा फेसबुक बन्द गरिनेछ । बिस्तारै अन्य कार्यालयमा पनि यो प्रक्रिया थालिनेछ,’ उनले भने ।

यसका लागि सोमबार मुख्यमन्त्री कार्यालयले सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई आधिकारिक पत्र पठाउने मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव पहाडीले बताए । नयाँ पत्रिका 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved