सिमेन्ट उद्योगमा स्वदेशी तथा विदेशी लगानी बढ्दो : १० उद्योग थपिँदै, चुक्ता पुँजी ३५ अर्ब

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 26, 2018 | 07:18:44 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपालको सिमेन्ट उद्योगमा स्वदेशी तथा विदेशी लगानी बढ्दो छ। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा उद्योग विभागबाट १० वटा सिमेन्ट उद्योगले लगानीका लागि स्वीकृति पाइसकेका छन्। ती उद्योगको चुक्ता पुँजी ३५ अर्ब १८ करोड रुपैयाँ छ।

यही आवमा चिनियाँ कम्पनी ह्वासिनले सिमेन्ट उद्योगमा १४ अर्ब ८२ करोड ६० लाख रुपैयाँ लगानीको स्वीकृति पाएको छ। धादिङको महादेवस्थानमा रहने ह्वासिन सिमेन्ट नारायणीले वार्षिक पाँच लाख ६० हजार टन ओपीसी सिमेन्ट, दुई लाख ४० हजार टन पीपीसी सिमेन्ट, चार लाख टन पीएससी सिमेन्ट र १० लाख ९५ हजार टन क्लिंकर उत्पादन गर्ने बताएको छ।

सिमेन्ट उद्योगमा चिनियाँ कम्पनी होङ्सीपछि सबैभन्दा बढी लगानी भिœयाउनेमा ह्वासिन कम्पनी बन्ने भएको छ। नेपाली शिवम सिमेन्टसँग मिलेर होङ्सीले नवलपरासीमा ठूलो उद्योग लगाइरहेको छ। सञ्चालनको अन्तिम चरणमा पुगिसकेको होङ्सी शिवम् सिमेन्टमा ३६ अर्ब लगानी हुँदैछ। यो उद्योगले पहिलो चरणमा दैनिक ६ हजार टन र दोस्रो चरणमा १२ हजार टन सिमेन्ट र क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको छ।

उद्योग विभागका अनुसार ह्वासिन सेन्ट्रल एसिया इन्भेस्टमेन्ट कम्पनीको शतप्रतिशत विदेशी लगानी भिœयाउन लागेको हो। यो उद्योगमा २५ मेगावाट विद्युत आवश्यक रहेको उल्लेख छ।

अर्घाखाँची सिमेन्टका मालिक पशुपति मुरारकाले मोरङको हात्तिमुडामा नयाँ उद्योग लगाउने तयारीमा छन्। यो उद्योगको चुक्ता पुँजी एक अर्ब ५६ करोड रुपैयाँ छ। पूर्ण नेपाली लगानी रहने आधुनिक सिमेन्ट उद्योगले दुई लाख ६२ हजार टन ओपीसी सिमेन्ट, दुई लाख १८ हजार टन पीपीसी, एक लाख ७४ हजार टन पीएससी सिमेन्ट उत्पादन गर्ने विभागमा प्रस्ताव गरेको छ।

घोराही सिमेन्टले नयाँ शाखा उद्योग विस्तार गर्ने भएको छ। नयाँ उद्योगको चुक्ता पुँजी आठ अर्ब ६४ करोड रहने विभागले जनाएको छ। पुरुषोत्तम लाख संघाइको नामबाट लगानीका लागि प्रस्ताव गरिएको उद्योग दाङको घोराहीमा स्थापना हुनेछ। उद्योगमा पूरै नेपाली लगानी रहनेछ जहाँ १५ हजार केभीए विद्युत् आवश्यक पर्ने उल्लेख छ। नयाँ उद्योगको वार्षिक उत्पादन क्षमता दुई लाख १० हजार टन ओपीसी सिमेन्ट, एक लाख २० हजार टन पीपीसी, ९० हजार टन पीएससी र नौ लाख ४० हजार टन क्लिंकर हुनेछ।

पुरुषोत्तमलाल संघाइले नै कपिलवस्तुमा बरकुलपुरमा नयाँ उद्योग लगाउन विभागबाट स्वीकृति पाइसकेका छन्। कपिलवस्तु सिमेन्ट उद्योगको चुक्ता पुँजी दुई अर्ब १८ करोड छ। ६० हजार केभीए विद्युत् आवश्यक पर्ने उद्योगमा पूरै नेपाली लगानी रहनेछ। यो उद्योगले वार्षिक दुई लाख ५० हजार टन ओपीसी सिमेन्ट, दुई लाख ५० हजार टन पीपीसी सिमेन्ट र एक लाख टन पीएससी सिमेन्ट उत्पादन गर्नेछ।

तियानी सिमेन्ट उद्योगले विभागबाट नवलपरासीको मध्यविन्दू नगरपालिकामा लगानीका लागि स्वीकृति पाइसकेको छ। उद्योगको चुक्तापुँजी एक अर्ब ९० करोड छ। पाँच हजार केभीए विद्युत् आवश्यकपर्ने उद्योगमा ३० प्रतिशत स्थानीय र ७० प्रतिशत विदेशी लगानी रहने उल्लेछ। उद्योगबाट वार्षिक एक लाख सात हजार टन ओपीसी सिमेन्ट, ८६ हजार टन पीपीसी सिमेन्ट र ६० हजार टन पीएससी सिमेन्ट उत्पादन हुनेछ।

नेपाल जगदम्बा सिमेन्ट उद्योगले नवलपरासीको रामग्राम नगरपालिकामा सिमेन्ट उद्योग स्थापना गर्न स्वीकृति पाइसकेको छ। उद्योगमा पाँच हजार केभीए विद्युत् आवश्यकपर्ने उल्लेख छ। दुई अर्ब २५ करोड चुक्ता पुँजी रहेको उद्योगले दुई सय जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ। पूर्णतया नेपाली लगानी रहने उद्योगले वार्षिक एक लाख ६५ हजार टन ओपीसी सिमेन्ट, दुई लाख ९७ हजार टन पीपीसी सिमेन्ट र ३३ हजार टन पीएससी सिमेन्ट उत्पादन गर्ने जनाएको छ।

प्रमोदराज अधिकारीले सुनसरीको इनरुवा नगरपालिकामा सिमेन्ट उद्योग लगाउने स्वीकृति लिएको छ। पूरै नेपाली लगानी रहने जानकी सिमेन्ट उद्योगको चुक्ता पुँजी ४२ करोड ५४ लाख छ। चार हजार केभीए विद्युत् चाहिने उद्योगबाट वार्षिक ६०÷६० हजार टन ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन हुनेछ।

नवलपरासीको रामग्राम नगरपालिकामा सिमेन्ट उद्योग सञ्चालनका लागि अञ्जन श्रेष्ठले लगानी स्वीकृति पाइसकेका छन्। सिद्धिलक्ष्मी सिमेन्ट उद्योगमा पूरै नेपाली लगानी रहनेछ। पाँच हजार केभीए विद्युत् खपत गर्ने उद्योगको वार्षिक उत्पादन क्षमता ओपीसी सिमेन्ट एक लाख २० हजार टन, पीपीसी सिमेन्ट १ लाख २० हजार टन र पीएससी सिमेन्ट एक लाख २० हजार टन रहेको छ। उद्योगको चुक्तापुँजी ८२ करोड रहने उल्लेख छ।

अरुणकुमार कर्णले दाङको घोराहीमा सिमेन्ट उद्योग खोल्न एक अर्ब ९० करोड लगानी गर्ने प्रस्ताव गरेका छन्। अरुण सिमेन्ट उद्योगमा १० हजार केभीए विद्युत् आवश्यक पर्ने उल्लेख छ। उद्योगको वार्षिक उत्पादन क्षमता ओपीसी सिमेन्ट तीन लाख ७८ हजार पाँच सय टन, पीपीसी सिमेन्ट तीन लाख ७८ हजार पाँच सय टन, पीएससी सिमेन्ट एक लाख टन र क्लिंकर एक लाख टन छ। अन्नपुर्ण 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved