बदनाम हुँदै गृहमन्त्री

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 03, 2018 | 08:50:58 AM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सोमबार गृह मन्त्रालय सुधार कार्ययोजना सार्वजनिक गर्दै गृह मन्त्रालय अन्तर्गत व्यापाक सुधारको थालनी गर्ने घोषणा गरेका छन् । तर, गृह मन्त्रालयको भवनभित्रै भइरहेको भ्रष्टाचारमा भने उनले चासो दिएका छैनन् ।

स्रोतका अनुसार पछिल्लो १ वर्षमा गृह मन्त्रालयमा ६४ जना कर्मचारीहरु करारमा नियुक्त गरिएको छ । जसमध्ये अधिकांश कांग्रेसको कार्यकर्ता छन् । कम्प्युटर अपरेटर तथा कार्यालय सहयोगीका नाममा त्यसरी कर्मचारीहरु भर्ना गरिएको हो । जसमध्ये आधा मात्र मन्त्रालयमा काम गर्दछन् । अरु हाजिर गर्दै तलब लिन मात्र आउने गर्दछन् ।

तत्कालिन गृहसचिव लोक दर्शन रेग्मीले धेरै कर्मचारी भर्ना गरेका हुन् । गृहका हरेक जसो शाखामा २ जनासम्म करारका कर्मचारीहरु छन् । मन्त्रालयका लागि आवश्यक कर्मचारी भए पनि थप कर्मचारी चाहिएको भनेर करारमा कार्यकर्ता भर्ति गरिएको हो । कतिपयलाई त रेग्मीले आर्थिक चलखेलका आधारमा समेत भर्ना गरेको स्रोत बताउँछ । दृष्टि साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved