बिनालाई खानेपानी दिएपछि उपेन्द्रको घाँटी सुक्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 11, 2018 | 09:18:52 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी ओलीसँग उपेन्द्र यादवको फोरम पनि बिच्किएको छ । ओली भारत भ्रमणमा जानुअघि उपेन्द्र यादवसँग पाँच मिनेट झण्डै उभिई उभिई जस्तो संक्षिप्त छलफल भएको थियो ।

सरकारमा आउन ठिक्क परिसकेको संघीय समाजवादी फोरमका लागि सहमति गरेझैं मन्त्रालय सग्लो नछाडिएको गुनासो छ । शहरी विकास र खानेपानी मन्त्रालय एउटै राख्ने समझदारी थियो । तर, यसबीच सीधै जनतासम्म पुग्न सहज हुने खानेपानी मन्त्रालयलाई शहरी विकासबाट छुट्याएर प्रचण्डकी बुहारी बिना मगरलाई जिम्मा लगाइयो ।

स्वास्थ्य र जनसंख्या मन्त्रालय पनि फोरमलार्य नै दिने भनिएको थियो । त्यसमा पनि पद्मा अर्याललाई एमालेबाट राज्यमन्त्री बनाएर पठाइएको छ । केही साताअघि राज्यमन्त्री भए पनि मन्त्रालयको सबै काम क्याबिनेट मन्त्री सरह गर्न उनलाई अधिकार दिइसकिएको छ । प्रचण्ड, केपी र उपेन्द्रबीच भएको सहमतिमा उपेन्द्र स्वयंले शहरी विकास तथा खानेपानी मन्त्रालय चलाउने कुरा भएको तर, त्यसबाट खानेपानी छुट्याइएको बताइन्छ ।

बिना मगरलाई सिञ्चाइ मन्त्रालय दिने भनिएकोमा त्यसलाई वर्षमान पुनले चलाउने जलस्रोत तथा ऊर्जामा लगेर गाभियो । उपेन्द्रले यसरी धोका पाइयो भन्दै चित्त दुखाएको स्रोतको दावी छ । स्रोत भन्छ, त्यही भएर ओलीको भ्रमण टोलीमा फोरमले अन्तिमसम्म पनि आफ्नो पार्टीको तर्फबाट प्रतिनिधिको नाम दिएन ।

तर, पटक÷पटक घच्घच्याइएपछि लौन त भन्दै वीरगञ्ज उपमहानगरपालिकाका पूर्वमेयर विमल श्रीवास्तवलाई पठाइएको हो । अहिले उपेन्द्र यादवचाहिँ यसरी टुक्रा पािरएको नाम मात्रको मन्त्रालयभन्दा त मलाई परराष्ट्र नै ठिक थियो भन्न थालेका छन् । जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved