विमानस्थलबाट यसरी छिर्छ सुन, पूर्वएआइजी विज्ञानराज शर्माको अनुभव

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 03, 2018 | 08:35:11 AM मा प्रकाशित

laxmi  sunrise bank

विमानस्थलमा प्रहरी मात्र होइन, भन्सार, राष्ट्रिय अनुसन्धान, अध्यागमनजस्ता संयन्त्र हुन्छन् । यत्रो सुन आउँदा तिनले के हेर्छन् ?
त्यहाँ विभिन्न घेरा हुन्छन् । तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ मिलाउँछन् । एयरलाइन्सका कर्मचारीसँग पनि ‘सेटिङ’ हुन्छ । तेस्रो घेरामा मात्र प्रहरीसँग ‘सेटिङ’ हुन्छ । त्यस्तै, अध्यागमनका कर्मचारी र गुप्तचरसँग पनि मिलेमतो हुन्छ ।

विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्करको सोझो सम्पर्क हुँदैन । भन्सार र अध्यागमनका कर्मचारीमार्फत गुप्तचरका कर्मचारी सँग मिलेमतो हुन्छ ।

यसरी सबै संयन्त्र कब्जामा लिएपछि तस्करीको योजना सफल हुन्छ । त्यसैले छानबिन सबै संयन्त्रमाथि हुनुपर्ने हो ।

विमानस्थलबाट सुन बाहिर ल्याउन  क–कसले सक्रिय भूमिका  खेल्छन्, क–कसले नदेखेजस्तो  गर्छन् ?

सुन पठाउनुअघि विमानस्थलका सबै संयन्त्रमा मान्छे फिट गरिएका हुन्छन् । सबै मान्छे आ–आफ्नो ठाउँमा रहेको पक्का भएको खबरपछि मात्रै तस्करले जहाजमार्फत सामग्री पठाउँछ । यस क्रममा उसले तस्करीका सामग्री प्याक गरिएको लगेजको फोटो खिच्छ ।

यस्तो फोटो भाइबर, इमो वा फेसबुकमार्फत भन्सार र एयरलाइन्सका कर्मचारीकहाँ आइपुग्छ । एयरलाइन्सका कर्मचारीमार्फत ‘सर्कुलेट’ हुँदै सम्बन्धित जहाजको लोडरसम्म पुग्छ । सोही फोटोका आधारमा तस्करको सामग्री पहिचान हुन्छ ।

लोडरले अन्यसँगै तस्करका सामग्रीलाई गाडीमा लोड गरेर भन्सार चेकजाँच कक्षमा लैजान्छ । सामान्यतः जहाजबाट आएका सम्पूर्ण सामग्री एक्सरे मेसिनमा एक–एक गर्दै चेकजाँच गरिन्छ । तर, तस्करीका सामान सकेसम्म एक्सरे मेसिनमा राखिन्न ।

राखिहाले पनि चेकजाँच गर्नेले नदेखेझैँ गरिदिन्छ । किनकि, त्यो लगेजको फोटो जाँच गर्ने कर्मचारीसम्म पुगिसकेको हुन्छ । तस्करीको सामान सुन हो भने रातारात सीमा कटाइन्छ ।

भन्सारका पूर्वमहानिर्देशकसमेत रहेका बाँस्कोटाको फरक मत

भन्सार विभागको महानिर्देशकसमेत रहेका पूर्वसचिव तथा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा विमानस्थलको तस्करीमा भन्सारका कर्मचारीको भूमिका नहुने विश्लेषण गर्छन् । उनको भनाइ छ :

विमानस्थलबाट हुने तस्करीका सामग्री अचेल भन्सार कार्यालयमा आइपुग्दैनन् भन्ने मेरो बुझाइ छ । अवतरण भएपछि जहाजसम्म पुग्ने अनुमति सुरक्षाकर्मी र एयरवेजका कर्मचारीलाई मात्रै हुन्छ र उनीहरूकै भूमिकामा सामान बाहिर आउन सक्छ । यसमा भन्सारका कर्मचारीलाई तस्करले महत्व दिनुपर्ने बाध्यता छैन । सकेसम्म थोरै संयन्त्र प्रयोग गर्दा पक्राउ पर्ने जोखिम कम हुन्छ, तस्करको पैसा पनि बच्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved