अदालतमा सुन तस्करका वकिलको तर्क: 'सुन नै नभई के को आधारमा अभियोग ? '

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 15, 2018 | 07:32:09 AM मा प्रकाशित

laxmi  sunrise bank

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फबाट बहस गर्ने कानुन व्यवसायीले अदालतसमक्ष जिज्ञासा राखेका छन्– तस्करी भएको भनिएको सुन खोइ ?

अभियुक्तका तर्फबाट सोमबार बहस गर्दै वरिष्ठ अधिवक्ताहरू माधवराज आचार्य, राजेन्द्र भट्टराई, सुरेशलाल श्रेष्ठसहित १० जनाले अदालतसमक्ष यस्तो जिज्ञासा राखेका हुन् । उनीहरूले अघिल्ला कानुन व्यवसायीले इजलाससमक्ष राखेकै तर्क दोहोर्‍याएका थिए । सुन नै नभेटिएकाले यही आधारमा अभियोग लगाउन नहुने उनीहरूले तर्क गरे । यो मुद्दामा संगठित अपराध ऐन आकर्षित नहुने भन्दै उनीहरूले अभियुक्तलाई साधारण तारेखमा छाड्न माग गरेका छन् ।

इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस गरेका प्रतिवादीका कानुन व्यवसायीले अभियुक्तबाट बरामद गरिएका रजिस्टरलगायत कागजात प्रमाणित हुने आधार नभएको तर्क गरे । यसअघि आइतबार बहस गर्ने वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल र राजु बस्नेतले पनि यस्तै तर्क राखेका थिए । प्रतिवादीतर्फको बहस शुक्रबारसम्म चल्ने अदालत स्रोतले जनाएको छ । आइतबार इजलासबाट ‘थुनछेक आदेश’ आउनसक्ने सम्भावना रहेको स्रोतले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ३० जना प्रतिवादीका तर्फबाट ८० जनाभन्दा बढीले बहस गर्नका लागि वकालतनामा दर्ता गराएका छन् ।

निलम्बित डीएसपी प्रजित केसीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठ, आचार्य र भट्टराईले प्रहरीको माथिल्लो निकायको मौखिक र लिखित आदेश पालना गर्दै काठमाडौंबाट सुनसरी आएर मोहन काफ्ले र नरेन्द्र कार्कीलाई पक्राउ गर्न सफल भएको बताएका थिए । ‘अभियुक्तहरूलाई मुद्दा मिलाइदिने भन्दै प्रलोभन देखाएर नाटकीय रूपमा पक्राउ गरी अनुसन्धानमा सघाएका उनीहरू कसरी दोषी हुन सक्छन्’, उनीहरूले इजलासमा भने । कान्तिपुर दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved