मुख्यमन्त्री आफैले डोजर चलाएर शिलान्यास गरे भारत–चीन जोड्ने त्रिदेशीय सडक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 07:25:58 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली प्रदेश सरकारले नेपाल हुँदै भारत र चीनलाई जोड्ने त्रिदेशीय सडक जमुनाहा–कोहलपुर–दैलेख–मुगु–नाग्चेलाग्ना सडक निर्माणको शिलान्यास गरेको छ । यस सडकको दैलेख माथिल्लो डुँगेश्वरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार शिलान्यास गरेका हुन् । 

जमुनाहा–कोहलपुर–दैलेख–मुगु–नाग्चेलाग्ना त्रि–देशीय राष्ट्रिय गौरवको सडकअन्तर्गत दैलेख खण्डको दैलेख माथिल्लो डुंगेश्वरदेखि दुल्लु सडक खण्डको शिलान्यास मुख्यमन्त्री शाहीले आफैले डोजर चलाएर गरे । बाँकेको जमुनाह–कोहलपुर–दैलेख–मुगुको नाग्चेलाग्ना हुँदै चीनको सिमासम्म जोड्ने उक्त सडक निर्माणलाई प्रदेश सरकारले पहिलो विनियोजन विधेयकमा महत्वका साथ प्रस्तुत गरेको थियो । 

सडकका लागि चालू आर्थिक वर्षमा ३ करोड ३५ लाख १६ हजार बजेट विनियोजन गरिएको छ । सडकको निर्माणको जिम्मा केएसके निर्माण कम्पनीले पाएको छ । प्रदेश सरकारको यो सडक योजना पूर्णरूपमा निर्माण भए कर्णाली प्रदेश चीनसँग जोडिने छ । मुख्यमन्त्री शाहीले विकास निर्माणमा कर्णालीले फड्को मार्ने जिकिर गरे । कर्णालीका सबै ठाउँमा यातायातको पहुँच विस्तार गर्ने योजना प्रदेशको पहिलो प्राथमिकतामा रहेको उनले बताए । 

“अहिले सम्म विकासमा पछाडि परेका थियौं, अब अगाडि बढ्नका लागि कसैले पनि रोक्न सक्दैन,” उनले भने । कर्णालीमा अब कोही पनि पछि पर्येउ भनेर पछुताउनुपर्ने अवस्था नरहने उनको भनाइ छ । कर्णालीलाई चीनसँग जोड्न मदत पुग्नेगरी सरकारले आफ्ना कामकारवाही तीव्र पारेको बताउँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकार निती तथा कार्यक्रमको कार्यान्वयनमा चरणमा रहेको बताए । मन्त्री ज्वालाले कानुन अभावसँगै जनशक्ति र संयन्त्र अभावका कारण आगामी आर्थिक वर्षका लागि बजेटको तयारीसँगै छोटो समयमा ल्याएको बजेट खर्चिनुपर्ने बाध्यता सरकारसँग रहेको जानकारी दिए । उनले कर्णाली प्रदेश अब विकास गतिमा अघि बढेको बताए । 


तस्विर: जमुनाहा–कोहलपुर–दैलेख–मुगु–नाग्चेलाग्ना त्रि–देशीय राष्ट्रिय गौरवको सडकअन्तर्गत दैलेख खण्डको दैलेख माथिल्लो डुंगेश्वरदेखि दुल्लु सडक खण्डको डोजर चलाएर शिलान्यास गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही र साथमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved