बढ्ने भयो टेलिफोन शुल्क

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 07:30:49 AM मा प्रकाशित

laxmi  sunrise bank

 सरकारले नयाँ बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) बढाएपछि आम उपभोक्ताको टेलिफोन खर्च बढ्ने भएको छ ।

सरकारले मंगलबार आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत दूरसञ्चार सेवा प्रदायकले ग्राहकबाट लिने दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत पु¥याएपछि प्रत्येक कलको शुल्क बढ्ने भएको हो ।

यसअघि ११ प्रतिशत रहेको दूरसञ्चार सेवा दस्तुर दुई प्रतिशत बिन्दुले बढाइएको आर्थिक विधेयक २०७५ मा उल्लेख छ ।

दूरसञ्चार सेवा दस्तुरलाई दुई प्रतिशत बिन्दुले बढाउँदा ग्राहकको कलमा पनि केही बृद्धि हुन सक्ने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । नागरिक दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved