नेकपा दर्ता प्रक्रिया: अन्डरलाइन हट्यो, (नेकपा) थपियो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 06:45:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नवगठित नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निवेदन दर्ता गरेको १५औं दिनमा नामको पछाडि (नेकपा) थप गर्दै दोस्रो निवेदन दर्ता गरेको छ । यसअघिको नेपाल कम्युनिस्ट पार्टीको नामसँगैको अन्डरलाइन हटाएर नेकपा थप गरिएको हो । उसले निर्वाचन चिह्न सूर्य राख्न दोस्रोपटक निवेदन दर्ता गरेको छ ।

गत ३ जेठमा पार्टी एकतापछि दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको नवगठित दल नेकपाले बिहीबार आयोगमा बुझाउन बाँकी सबै कागजातसमेत बुझाउँदै नामका पछाडि (नेकपा) थपेको हो ।

आयोगमा कानुनी पाटो हेर्ने उपन्यायाधिवक्ता घनश्याम ओझाले दल दर्ताका लागि आवश्यक केही कागजात, बाँकी केन्द्रीय सदस्यको हस्ताक्षर र नागरिकताको नक्कलसहितका आवश्यक सबै कागजात प्राप्त भएको बताए ।

उनले पहिले निवेदन दर्ता गर्दा दिइएको नाममा परिमार्जन गर्दै अन्डरलाइनको साटो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्नेगरी निवेदन दर्ता भएको समेत जानकारी दिए ।

‘आयोगमा पहिले दर्ता गरेको निवेदनअनुसार दलको नाममा केही परिमार्जन गरेर अर्को निवेदन दर्ता भएको छ, दलको नामबाट अन्डरलाइन हटेको छ भने नामको पछाडि (नेकपा) राख्ने निर्णयसहितको पत्र आयोगलाई आएको छ,’ ओझाले राजधानीसँग भने । राजधानी दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved