सुन प्रकरण सेलाउने संकेत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 06:56:14 AM मा प्रकाशित

laxmi  sunrise bank

साढे ३३ किलो सुन गायब प्रकरण र विमानस्थलबाट हुने सुन तस्करी मुद्दामा पक्राउ परेका आरोपीबीच एकआपसमा पोलापोल मात्रै हुनुले अनुसन्धान दायरा खुुम्चिने संकेत देखिएको छ। तथ्यपरकको सट्टा परम्परागत शैलीको अनुसन्धान भइरहेका कारण अनुसन्धानको दायरा खुम्चिने सम्भावना बढ्दै गएको तर्क पूर्व सुरक्षा अधिकारी तथा अनुसन्धानका अनुभवीहरुको छ।

मुख्य आरोपी भनिएका चूडामणि उप्रेती ‘गोरे’ले एसएसपी श्याम खत्रीलाई पोलेका थिए। खत्रीले गोरे र पूर्वडीआईजी गोविन्द निरौलालाई पोलेका छन्। उनले समितिलाई दिएको बयान र जिल्ला अदालत मोरङमा दिएको बयान फरक देखिएको छ। पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘स्वतन्त्र छानविन गर्न जाँचबुझ आयोग गठन नगर्दासम्म ठूला घटनाको अनुसन्धानले पूर्णता पाउँदैन। अनुसन्धान गर्न दक्षता र क्षमता भएका व्यक्तिसहितको आयोग गठन हुनुपर्छ।’

अनुसन्धानले थुप्रै तथ्यांक बाहिर ल्याएको भए पनि त्यो तथ्यांकलाई पुष्टि गर्न अनुसन्धान विगततिर छिनुपर्ने विश्लेषण भण्डारीको छ। ‘२०६९ देखि २०७५ सम्म विमानस्थलबाट मात्रै तीन हजार आठ सय किलो सुन तस्करी भएको तथ्यांक आएपछि अबको अनुसन्धान भनेको तत्तत् समयमा विमानस्थलमा खटिएका प्रहरी अधिकारी, गृहमन्त्री, प्रधानमन्त्री, अध्यागमनका हाकिम र भन्सारका हाकिमको विगतसमेत समितिले केलाउनु आवश्यक छ,’ प्रहरी विज्ञसमेत रहेका भण्डारीले भने, ‘आवश्यक परे तत्कालीन समयको राजनीतिक नेतृत्वदेखि विमानस्थल र भन्सार चलाउने हाकिमको सम्पत्तिको उतारचढावबारेमा समेत छानविन गर्नुपर्छ।’

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको समिति अनुसन्धानका तीन वटा चरणमा प्रवेश गर्न नसकेकाले पनि अनुसन्धान खुम्चिएको भण्डारीको भनाइ छ। घटनाको प्रस्थानविन्दूदेखि, ट्रान्जिट पोइन्ट र गन्तव्यमा केन्द्रित रहेर समितिले खोजी गरेमा धेरै रहस्य बाहिर आउन सक्ने उनले दाबी गरे। ‘गोरेले थुप्रै तथ्यांक त दिए तर त्यसको उद्गम र गन्तव्यको खोजी भएको छैन’, उनले भने। अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved