गाडी चढ्ने रहरले गहना बेचेर सडक निर्माण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 02, 2018 | 07:51:40 AM मा प्रकाशित

laxmi  sunrise bank

बझाङ - तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् । तलकोट –५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पुर्याएका हुन् । सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको स्थानीयले बताए । एक सातादेखि सो सडकमा जिप गुड्न थालेका छन् ।

‘सडकका लागि जमिन कटान गर्न थालेको ४ वर्ष भएको थियो । गाउँलेले श्रमदान र चन्दा दिएकै थिए । तर गाउँपालिकाबाट सहयोग पाइएन । धैरै वर्ष भयो अब त जसरी पनि काम फत्ते गर्नुपर्छ भनेर सक्नेले श्रीमतीका गहना पनि बेचेर सडक बनाउन पैसा दियौं,’ तलकोट–५ का अम्मरराज जोशीले भने । उनले पनि श्रीमतीले नाक, कान र घाँटीमा लगाएका दुई तोलाजति सुनका गहना बेचेर सडक निर्माणमा सहयोग गरेको बताए । उनीजस्तै सक्नेजति अन्यले पनि यसरी नै गहना बेचेर सडक बनाउन खर्चिएका हुन्।

जोशीले भने, ‘वषौंदेखि बजारबाट घरमा नुनदेखि खाद्यान सबै पिठ्युँमा बोकर खानुपथ्र्यो । यो दुःख हटाउन र घरआँगनबाटै गाडी चढेर सदरमुकाम चैनपुर पुग्ने रहर पूरा गर्न हामीले आफ्नै पहलमा रुपातोलादेखि खौलासम्म ६ किलोमिटर सडक निर्माण गरेका हौं । अहिले सडकमा जिप पनि गुड्छ । ‘सिंहदरबारको अधिकार गाउँमा’ भन्थे तर ‘गाउँको सिंहदरबार’ ले जनताको विकासमा चासो दिएको छैन ।’नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved