मनसुन यसै साता भित्र सुरु हुने, यसपटक बढी पानी पर्ने अनुमान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 08, 2018 | 06:22:51 AM मा प्रकाशित

laxmi  sunrise bank

 यसै सातादेखि नेपालमा मनसुन सुरु हुने भएको छ । मनसुन सुरु हुनका लागि वायुमण्डलीय अवस्था अनुकूल बन्दै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । नेपालमा यसै सातादेखि मौसम सक्रिय हुने उहाँले बताउनुभयो । बङ्गालको खाडीबाट नेपालमा पानी पार्ने बादल सक्रिय भएको समेत उहाँले जानकारी दिनुभयो । नेपालमा जुन १० अर्थात् जेठ २७ वरपर मनसुन सक्रिय हुने भए पनि यो वर्ष भने प्रि–मनसुन सक्रिय भएपछि वैशाखदेखि नै पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले भारतको आधाभन्दा बढी भूभागमा मनसुन सुरु भइसकेको र भुटान समेत पुग्न लागेकाले नेपालमा छिटै नै मनसुन सुरु हुने बताउनुभयो । 


बढी पानी पर्ने अनुमान
मौसमविद्हरुले यो वर्ष नेपालमा वढी पानी पर्ने अनुमान गरेका छन् । वरिष्ठ मौसमविद् मानन्धरले गत वर्षको तुलनमा यस वर्ष मनसुनको अवधि लामो हुने तथा औसतभन्दा केही वढी पानी पर्ने बताउनुभयो । गत मनसुनमा १ एकहजार ३९१ मिलिलिटर पानी परेको थियो भने यो वर्ष एकहजार ५ सय मिलिलिटर पानी पर्ने अनुमान मौसमविद्को छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गत वर्षको तुलनामा यस वर्षको ‘प्रि–मनसुन’मा समेत मुलुकभरिका मौसम स्टेशनमा वढी पानी परेको मापन गरिएको छ । 
गत वर्ष ‘प्रि–मनसुन’ मा २८२ मिलिमिटर वर्षा भएको थियो भने यो वर्ष २७९ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । त्यसैगरी, यो वर्ष मुलुकभरि सबै भू–भागमा सरदर वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।


नेपालमा मौसम मापन सुरु गरिएदेखि अहिलेसम्म वर्षाको प्रवृत्ति औसत नै देखिएको बताउँदै मौसमविद् मानन्धरले तर जाडो याममा पानी कम पर्नुका साथै सुख्खा बन्दै गएको बताउनुभयो । नेपालमा मनसुन पूर्वी भूभागबाट छिरेर पश्चिमतर्फ जाने गरेका हुनाले पूर्वी भूभागमा बढी मात्रामा पानी पर्ने तथा बाढीपहिरो र डुबानजस्ता समस्या देखिने उहाँले बताउनुभयो ।

नेपालमा सन् १९४० को दशकमा भारत सरकारको सहयोगमा मौसम मापन केन्द्रको स्थापना गरिएदेखि व्यवस्थित तथ्याङ्क राख्न थालिएको हो । साउथ एसिएन सिजन क्लाइमेट आउटलूक फोरमले समेत नेपालमा विगत आठ दशकदेखि औसत पानी पर्दै आएको जनाएको छ । 

तीन दिनअघि सूचना
जल तथा मौसम विज्ञान विभाग, जल विज्ञान महाशाखाले बाढीको जोखिममा रहेका बस्तीका लागि तीन दिनअघि नै सूचना दिने व्यवस्थासहित मनसुन आपतकालिन कार्ययोजना, २०७५ सार्वजनिक गरेको छ । कार्ययोजनाले मुलुकका बाढी प्रभावित विभिन्न नदी नालामा बाढी अनुगमन तथा पूर्वानुमान गर्न, हिमतालहरुमा गरिने विस्फोटका कारण उत्पन्न हुन सक्ने वाढी लगायतको समस्याको पूर्व सूचना प्रवाह गर्न वाढी पूर्वानुमान शाखा २४ घण्टा नै सञ्चालन गरिने छ ।  कार्ययोजनाका अनुसार, मनसुनभरि हरेक दिन विहान ६ वजेदेखि बेलुका ६ वजेसम्म तथा विशेष अवस्थामा दिन वा रात जुनसुकै समयमा पूर्वानुमान बुलेटिन जारी हुनेछ । त्यसैगरी, मनसुन अवधिभरि नै सर्वसधारणलाई बाढीका विषयमा सूचना दिन ११५५ नं. को टोलफ्रि सेवा सञ्चालन गरिने वाढी पूर्वानुमान शाखाका हाइड्रोलिष्ट विनोद पराजुलीले जानकारी दिनुभयो । गोरखापत्र दैनिकमा खबर छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved