वैदेशिक रोजगारी : १० महिनामा ८३ करोड ठगी दाबी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 12, 2018 | 06:53:51 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा जाने युवा ठगीने क्रम बढ्दो छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामै वैदेशिक रोजगारीका लागि गएका र जाने तयारीका युवाले आफूहरूसँग ८३ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका छन्।

चालु आवको वैशाख मसान्तसम्म १७ सय ४४ युवाले ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन्। वैदेशिक रोजगारमा गएका र जाने तयारीमा रहेकाहरू आफू ठगिएको भन्दै उजुरी दिन आउने गरेको विभागका प्रवक्ता उद्धव रिजाले जानकारी दिए। उजुरी दिनेको संख्या बढ्दो क्रममा छ। विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन्।

‘व्यक्तिगत ठगीको तुलनामा म्यानपावर कम्पनीको ठगी कम छ’, उनले भने, ‘म्यानपावरको ठगी पनि विगतभन्दा बढी नै छ।’ विभागका प्रवक्ता रिजालका अनुसार चालु आर्थिक वर्षको १० महिनामा म्यानपावर कम्पनीले ठगेको भन्दै आठ सय ५५ जना कामदारले उजुरी दिएका छन्। म्यानपावर कम्पनीबाट ठगीमा परेका कामदारले विभागमा २५ करोड ८४ लाख रुपैयाँको दाबीसहित उजुरी दिएका छन्।

यसमा वैशाख महिनामा मात्रै म्यानपावर कम्पनीबाट आफूहरू ठगीमा परेको भन्दै ८६ जनाले उजुरी दिएका छन्। यसैगरी पछिल्लो समय व्यक्तिगत ठगीका घटना पनि निरन्तर बढिरहेका छन्। १० महिनामै व्यक्तिगत ठगीतर्फ आठ सय ८९ उजुरी परेका छन्। व्यक्तिगत ठगीमा परेका कामदारले आफूहरूसँग ५७ करोड ५५ लाख रुपैयाँ ठगी भएको दाबीसहित उजुरी गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved