संविधान मिचेर न्यायाधीश नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2018 | 07:57:25 AM मा प्रकाशित

laxmi  sunrise bank

 संविधानको मर्म विपरित न्याय परिषद्ले परिक्षा प्रणालीबाट आएका १६ जना जिल्ला न्यायाधीश नियुक्ती सिफारिस गरेको पाइएको छ । परिषद्ले संबीधानको धारा १ सय ४९ (क) लाइ मीचेर (ख) र (ग) बमोजिम न्यायाधिश नियुक्ती गरेको खुलेको हो ।

संविधानको धारा एक सय ४९ (ख) वमोजिम १३ जना र (ग) वमोजिम ३ जना न्यायाधीश नियुक्ती भएको न्याय परीषद् सचिवालयले जनाएको छ । न्याय सेवा आयोगले संविधानको धारा एक सय ४९ (ख) र (ग) मा उल्लिखित उम्मेद्धारहरुको लागि परिक्षा लिएको थियो ।

संबिधानको धारा १४९ को २ (क) मा रिक्त पदमध्ये बीस प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा न्यायाधीश नियुक्ती गरिने उल्लेख छ । तर परिषद्ले क बमोजिम रहेका आठ जना न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कार्यरतलाइ मिच्दै ‘ख’ र ग बमोजिम न्यायाधीश नियुक्त गरेको खुलेको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले मर्यादाक्रम नमिची न्यायाधीश नियुक्ती गरिनुपर्ने बताउँदै नेपाल समाचारपत्रसंग भन्नुभयो,– ‘मर्यादाक्रम मीचेर अरुहरुलाइ निराश पार्नु हुँदैन थियो । यसमा अन्याय भएकै छ ।’

संबिधानको धारा १४९ को २ (ख) मा रिक्त पदमध्ये चालीस प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाको आधारमा नियुक्ती गरिने उल्लेख छ ।
यस्तै, (ग) मा रिक्त पदमध्ये बाँकी चालीस प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताको रूपमा निरन्तर कम्तीमा आठ वर्ष वकालत गरेका, कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित पदमा कम्तीमा आठ वर्ष काम गरेका वा कानूनको अध्यापन, अन्वेषण वा कानून वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा आठ वर्ष काम गरेका नेपाली नागरिकमध्येबाट खुल्ला प्रतियोगितात्मक परीक्षाको आधारमा न्यायाधीश नियुक्त गर्ने संवैधानीक व्यवस्था छ ।

परिषदको बैठकले उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको हो । यसरी नियुक्त हुनेमा आन्तरीक प्रतिष्पर्धाबाट कुलप्रसाद पाण्डे, नन्दकिशोरप्रसाद यादव, सुमनकुमार न्यौपाने, प्रमेश पोख्रेल, ईश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल, आत्मदेव जोशी, मनोज श्रेष्ठ, हरीकृष्ण श्रेष्ठ, विश्वनाथ भट्टराइ र रोमनाथ अधिकारी हुनुहुन्छ । उहाँहरु संबिधानको धारा १४९ को २ (ख) बमोजिम नीयुक्त हुनुभएको हो ।

यस्तै खुल्लाबाट संबिधानको धारा १४९ को २ (ग) कमला पौडेल, तेजबहादुर खड्का र दिलिपराज पन्त न्यायाधीशमा नियुक्ती हुनुभएको हो । संबिधानको धारा १ सय ४९ को २ अन्तर्गत (क)अनुसार न्यायाधीश पदमा नियुक्त हुन नसक्दा आठ जना सिनियर उपसचिबहरु तनाबमा छन् ।
यसरी प्रतिस्पर्धामा आउनबाट बञ्चीत हुनेहरुमा राजस्व न्यायाधीकरणमा कार्यरत एक जना, सर्वोच्च अदालतमा कार्यरत एक जना, उच्च अदालत पाटनमा कार्यरत एक जना, उच्च अदालत ओखलढुंगामा कार्यरत एक जना रहेका छन् ।

निर्णय एउटा काम अर्कै
यसअघि संविधानको धारा १४९ ख बमोजिम जिल्ला न्यायाधीशको परिक्षा लिने बेलामा न्याय सेवा आयोगको बैठकले न्यायाधीश नियुक्त गर्दा क को व्याख्या अनुसार गरिने निर्णय गरेको थियो । तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको अध्यक्षतामा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको थियो । उक्त आयोगमा वर्तमान कामु प्रधानन्यायाधीश दीपकराज जोशी पनि हुनुहुन्थ्यो । समाचार स्रोतले दावी ग¥यो–‘तर कामु प्रधानन्यायाधीश जोशीले बाह्य दबाबमा परिक्षाबाट मात्रै आएका १६ जनालाई मात्रै नियुक्तिको सिफारिस गरेपछि जिल्ला न्यायाधीशका लागि योग्य अरु व्यक्ति निराश बनेका हुन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved