डेढ सयको अक्सिजन ६० हजारसम्म बिक्री

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 16, 2018 | 08:06:01 AM मा प्रकाशित

laxmi  sunrise bank

७२ सय लिटरको मेडिकल अक्सिजन पाँच सय ५० मा खरिद गरेर १२ सय लिटरका ६ वटा सिलिन्डरमा भरेर प्रतिसिलिन्डर ६० हजार रूपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ । सरकारको नियमन निकायको बेवास्ताले कम गुणस्तरका अक्सिजनलाई धेरै रकममा बिक्री गर्दा आरोही ठगिएका छन् ।

पर्वतारोहणमा प्रयोग गरिने अक्सिजनको मापदण्ड डिउ पोइन्ट मोइस्चर माइनस ६० डिग्री हुनुपर्छ, यो लिक्विड अक्सिजनमा मात्र हुने गर्छ, जुन माइनस १ सय ८३ डिग्रीमा मात्र लिक्विड अक्सिजन बन्ने गर्छ यो अक्सिजन उच्च हिमाली क्षेत्रको चिसो र अक्सिजनको एकदमै अभाव भएको क्षेत्रमा प्रयोग गरिन्छ । तर हिजोआज ६० प्रतिशत बढी अक्सिजन कम गुणस्तरको सस्तो मेडिकल अक्सिजन प्रयोग हुने गरेको छ ।

पर्वतारोहणमा प्रयोग गरिने अक्सिजनसम्बन्धमा कुनै चासो नराखेको पर्यटन विभागले अन्नपूर्ण पोस्टमा समाचार प्रकाशनपछि चासो बढाएको छ । ‘प्राविधिक विषय भएकाले जानकारी थिएन, छलफल र नियमन अगाडि बढाएका छौं’, विभाग निर्देशक तथा पर्वतारोहण शाखा प्रमुख रामप्रसाद सापकोटाले भने, ‘पर्यटनसँग सम्बन्धित निकाय र विज्ञहरूसँग परामर्श थालेका छौं, विकृतिलाई तत्काल नियन्त्रण गर्नेतर्फ लाग्छौं ।’

आरोहण अनुमति दिँदा कानुनी रूपमा अक्सिजनसम्बन्धी कुनै आधार राखिएको छैन । जोखिमपूर्ण मात्र नभएर मृत क्षेत्र भनेर समेत चिनिने हिमालमा अक्सिजनको गुणस्तरीयतालाई राज्यका निकायले अनुगमन नगरेको आरोही लाक्पा शेर्पाको आरोप छ । तीन सय बार प्रेसरको चार लिटरमा क्षमताको सिलिन्डर मात्र पर्वतारोहण क्षेत्रमा प्रयोग हुने गरेको छ । यो सिलिन्डरमा १२ लिटर अक्सिजन अटाउने गर्छ । तर मेडिकल अक्सिजन एक सय ५० बारमा हुन्छ ।

सरदार, गाइड, शेर्पा र मजदुरलाई कमसल अक्सिजन प्रयोग गर्न दिइन्छ भने केही विदेशी आरोहीले मात्र अक्सिजनको गुणस्तरमाथि प्रश्न गर्ने गरेको एजेन्सीहरू बताउछन् । ‘कुन कस्तो अक्सिजन भन्ने हुँदैन तर शक्तिबद्र्धक अक्सिजन लिक्विड अक्सिजन नै हो, यो माइनस १ सय ८३ डिग्रीमा मात्र लिक्विड अक्सिजन बन्छ’, एसडी ग्यासका प्रमुख डा. दिवस अमात्यले भने ।

अमात्यका अनुसार मेडिकल अक्सिजन ग्यासमा मात्र हुने, लिक्विड नहुने भएकाले हिमालमा प्रयोग गर्नु उपयुक्त हँुदैन । ‘ग्यासमा भएको अक्सिजनलाई सिधै सिलिन्डरमा भरेर प्रयोग गर्दा डिउ पोइन्ट मोइस्चर माइनस ६० डिग्री हँुदैन, त्यसैले यो गुणस्तरहीन हो’, अमात्यले भने । अन्नापिउर्ण पोस्ट दैनिकमा खबर छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved