ब्याजदरबारे डेभलपमेन्ट बैंकमा ‘भद्र सहमति’

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 06:36:59 AM मा प्रकाशित

laxmi  sunrise bank

डेभलपमेन्ट बैंकर्स एसोसिएसनले बचतमा आठ र मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति गरेको छ । एसोसिएसनको गत बिहीबार बेलुका बसेको बैठकले उक्त सहमति गरेको हो।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बचतमा आठ र मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएको साता नबित्दै विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघले भद्र सहमति गरेको हो ।वाणिज्य बैंकले ब्याजदरको सीमा खुला राखे पनि विकास बैंकले भने बचतमा आठ त र मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति गरेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष कृष्णराज लामिछानेले आइतबार नागरिकलाई बताए।

‘क्षेत्रीय स्तरका विकास बैंकका प्रमुख कार्यकारीलाई समेत फोनमा सोधेर यो निर्णयमा पुगिएको हो,’ उनले भने, ‘अरुले बढाए पनि विकास बैंकहरुले मुद्दती र बचतको ब्याजदर क्रमशः १२ र आठ प्रतिशतमा सीमित गर्ने निर्णय गरिएको हो ।’ विकास बैंकलाई लगानीयोग्य रकमको खासै समस्या नभएको पनि उनले जानकारी दिए ।वाणिज्य बैंकले भने मुद्दती निक्षेपमा १२.३० प्रतिशत र बचतमा १० प्रतिशत ब्याज दिने योजना ल्याइसकेका छन् । नागरिक दैनिकमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved