मौद्रिक नीति: शेयर बजार सहित ३ बिषयमा अर्थमन्त्री र गभर्नरबीच मतभेद

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 04, 2018 | 08:43:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ल्याउन लागेको लागेको मौद्रिक नीतिका तीनवटा विषयमा अर्थमन्त्री युवराज खतिवडा र सरकारको आर्थिक सल्लाहकार केन्द्रीय बैंकका गभर्नर चिरञ्जीवी नेपालबीच मतभेद देखिएको छ।

घर–जग्गा, सेयर बजार, बैंकको संख्या घटाउने लगायत विषयमा अर्थमन्त्री खतिवडा र गभर्नर नेपालबीच मतभेद देखिएको हो । ‘घर–जग्गामा जाने कर्जालाई अझै कस्नुपर्ने पक्षमा अर्थमन्त्री खतिवडा हुनुहुन्छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘तर, गभर्नर नेपाल उक्त क्षेत्रमा जाने कर्जा खुकुलो बनाउने पक्षमा उभिनुभएको छ।’

अर्थमन्त्री खतिवडाले राष्ट्र बैंक सञ्चालक समितिमा रहेका अर्थसचिवमार्फत पनि घर–जग्गामा जाने कर्जा कटौती गर्ने व्यवस्था मौद्रिक नीतिमा राख्न लगाउन दबाब दिएका थिए । तर, अर्थसचिवले राखेको त्यस्तो प्रस्तावमा गभर्नर नेपालले आनाकानी गरेका थिए । त्यसपछि अर्थमन्त्री खतिवडाले गभर्नर नेपाललाई मौद्रिक नीतिको ड्राफ्ट देखाउन निर्देशन दिएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ।

यसैगरी, सेयर बजार निरन्तर ओरालो लाग्नबाट बचाउने पक्षमा गभर्नर नेपाल उभिएका छन् । गभर्नर नेपालले सेयर बजार घट्दा अन्तर्राष्ट्रिय जगतमा समेत नकारात्मक असर परेको भन्दै त्यसमा जाने कर्जालाई खुकुल्याउने नीति बनाउन लागेको अर्थमन्त्री खतिवडालाई जानकारी गराएका थिए । तर, अर्थमन्त्री खतिवडाले सेयर बजार बेलुन झैं फुलेको र अहिले साइजमा आउने क्रममा रहेकोले यसको निर्धारण बजारले नै गरिदिने भएकाले थप खुकुलो नीति आवश्यक नपर्ने तर्क गरेका थिए।

यसैगरी, बैंकको संख्या घटाउने विषयमा पनि अर्थमन्त्री खतिवडा र गभर्नर नेपालबीच छलफल भएको थियो । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले वाणिज्य बैंकको संख्या अझै बढी भएको भन्दै घटाउन सुझाएकाले त्यसमा छलफल भएको थियो ।

गभर्नर नेपालले दुई वर्षअघि मात्र चुक्ता पुँजी तीन गुणा बढाएकाले पनि अहिले नै चुक्ता पुँजी बढाउन सकिने सम्भावना नभएको अर्थमन्त्री खतिवडालाई प्रस्ट पारेका थिए । तर, अर्थमन्त्री खतिवडाले अन्य कुनै उपायबाट संख्या घटाउन सकिने सम्भावना र असरबारे सोच्न सुझाएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ।

अर्थमन्त्री खतिवडाले ल्याएको बजेटमै बिमा, पुँजी बजार लगायतमा नयाँ व्यवस्था गरिने छ भन्ने व्यवस्था गरेकाले पनि मौद्रिक नीतिमार्फत नयाँ कुरा ल्याउन गभर्नर नेपाललाई दबाब पर्नेमा शंका नभएको पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले बताए । ‘अर्थमन्त्रीले ल्याएको बजेटमा प्रतिपक्षी दलले कडा आलोचना गरेको त छँदैछ, स्वयं सत्ता पक्षले पनि विरोध गरेकाले पनि आलोचनाबाट बच्न मौद्रिक नीति आफू अनुकूल ल्याउन दबाब दिने सम्भावना प्रबल छ,’ उनले भने, ‘बजेट सफल पार्न अर्थमन्त्री लागिपरेको हुनुपर्छ। नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved