डा. केसी अचेत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 14, 2018 | 08:39:04 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार केसी पटक–पटक अचेत हुने अवस्थामा पुगेका छन् । बिहीबार रातिदेखि स्वास्थ्य स्थिति थप जटिल बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

‘शरीरमा अक्सिजनका साथै ग्लुकोजको मात्रा एकदमै न्यून छ,’ उनले भने, ‘मस्तिष्कमा रक्तसञ्चार निकै कम छ ।’ केसी बिहीबार राति दुईपटक अचेत भएको अस्पतालले जनाएको छ ।

डा. केसीले स्वास्थ्य जाँच गराउन पनि अस्वीकार गरेका छन् । औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बित्दा पनि सरकारले चासो नदेखाएकोमा उनी आक्रोशित छन् । केसीले शुक्रबार उपचारमा संलग्न चिकित्सकलाई आफ्नो स्वास्थ्य जाँच नगर्न आग्रह गरे । ‘सरकारले मलाई मरे मरोस् भन्ने चाहन्छ भने आजदेखि कुनै स्वास्थ्य परीक्षण र उपचार गराउँदिनँ,’ उनले भने, ‘तीन करोड नेपालीको हितका लागि मर्नुपरे पनि तयार छु ।’ सरकारले काठमाडौं आएपछि मात्रै वार्ता हुन्छ भन्नु झुक्याउने चाल मात्र भएको केसीको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved