स्मार्ट लाइसेन्स नै नक्कली !

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 15, 2018 | 08:22:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ । नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो । नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो ।

मनोज बग्गीखानास्थित ट्राफिक प्रहरी महाशाखाबाटै पक्राउ परेका हुन् भने चक्र ललितपुरको ग्वार्कोमा समातिएका हुन् । महाशाखाका अनुसार मनोजले ९० हजार र चक्रले १२ हजार रुपैयाँमा नक्कली स्मार्ट लाइसेन्स खरिद गरेका थिए । नक्कली लाइसेन्स प्रयोग गरी मनोजले टिपर चलाइरहेका थिए भने चक्रले चक्रपथ रुटमा चल्ने बा.५ख २८५४ नम्बरको बस चलाउँदै आएका थिए ।

लाइसेन्स नक्कली भएको यसरी पत्ता लाग्यो
महानगरीय ट्राफिक सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथूका अनुसार ट्राफिक नियम उल्लंघनको आरोपमा पक्राउ परेका चक्रको स्मार्ट लाइसेन्स विशेष परीक्षणपछि नक्कली भएको खुलेको हो । मनोज पनि ट्राफिक नियम उल्लंघन गरेपछि फन्दामा परेका थिए । उनको लाइसेन्स यातायात व्यवस्था विभागमा परीक्षण गर्न पठाएपछि नक्कली भएको पुष्टि भएको थियो ।

नुवाकोटका मनोजले ९० हजार रुपैयाँ तिरेर किनेको ०१–०६–००२५१०८ नम्बरको स्मार्ट लाइसेन्स परीक्षण गर्दा सो नम्बरमा लाइसेन्स लिने अरू नै व्यक्ति रहेछ । मनोजको लाइसेन्स नक्कली रहेछ । पक्राउ परेका चक्रको लाइसेन्स पनि काठमाडौंका विष्णु महर्जनको नाममा रहेको कोड नम्बरबाट लिइएको खुलेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved