डा केसीद्वारा स्वास्थ्य जाँच अस्वीकार ,जुनसुकै बेला अप्रिय घटना हुन सक्ने अवस्था

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 15, 2018 | 08:30:27 AM मा प्रकाशित

laxmi  sunrise bank

चिकित्सा क्षेत्र सुधारको माग राखेर जुम्लामा १६ दिनदेखि सत्याग्रह आन्दोलनमा रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डा. गोविन्द केसीले सरकारले वार्ता टोली गठन नगरेको विरोधमा स्वास्थ्य जाँच अस्वीकार गरेका छन् ।

उनले शुक्रबार र शनिबार स्वास्थ्य जाँचका लागि अस्वीकार गर्दा अवस्था बुझ्न कठिन भएको छ । सरकारले काठमाडौंबाट पठाएको चिकित्सकको टोलीबाट उपचार लिन अस्वीकार गरेका केसीले सरकारले वार्ताका लागि पहल नगरेको र आफूलाई मार्न चाहेको भन्दै समर्थक स्वास्थ्यकर्मीसँग पनि स्वास्थ्य जाँच गराएनन् ।

सरकारले भने अनशनको १५औं दिन पूरा हुँदासम्म वार्ताका लागि टोली गठन गरेको छैन । सरकारले केसीसँग वार्ताभन्दा पनि पहिले उनको स्वास्थ्य रक्षाका लागि काठमाडौं ल्याएर उपचार गर्नुपर्ने अडान राखेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले केसीलाई काठमाडौंमा ल्याएर उपचार गर्ने वातावरण बनाइदिन नेपाल चिकित्सक संघलगायत सबैसँग आग्रह गरेका छन् ।

डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक बन्दै गएपछि अनशनस्थलमा इमर्जेन्सीमा आवश्यक पर्ने उपकरणहरू तयारी अवस्थामा राखिएको छ ।
चिकित्सकका अनुसार १५औं दिन मुटुको गतिमा असामान्य परिवर्तन देखिएको छ । बिग्रँदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अनशनस्थलमा इमर्जेन्सीमा आवश्यक पर्ने उपकरण र औषधिहरू तयारी अवस्थामा राखिएको डाक्टर नारायण कँडेलले जानकारी दिए । ‘डाक्टर केसीको जतिबेला पनि अप्रिय घटना घट्न सक्ने अवस्था सिर्जना भयो, आईसीयूको व्यवस्था नभएकाले भेन्टिलेटर र डिफिब्रिलेटर राखेका छौं,’ उनले भने ।

चिकित्सकले डा. केसीका लागि इमर्जेन्सी अवस्थामा चाहिने सबै किसिमका औषधि सिरिन्जमा लोड गरी तयारी अवस्थामा अनशनरत स्थलमा राखेका छन् ।
यसैबीच, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले रगतमा घट्दो सेतो रक्तकोषिकाको संख्या सँगै डा. केसीलाई घाँटीको संक्रमण देखिएको बताएका छन् । उनले घाँटी दुख्ने, खसखसाउने, खोकी लाग्ने र आवाजमा सामान्य परिवर्तनसमेत भएको छ । केसीलाई सलाइन पानी दिन खोलिएको नसामा पनि संक्रमण देखिएको चिकित्सकले जनाएका छन् । जसका कारण हात सुन्निने र दुखाइ बढ्ने समस्या थपिएको छ । डा. केसीले भने अनशनमा रहेका कारण कुनै पनि एन्टिबायोटिक्स प्रयोग नगर्ने अडान राखेका छन् । राजधानी दैनिकमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved