पहिलो दिन नै बजेट बिपरितको निर्णय, पश्चिम सेती चिनियाँ कम्पनीलाई दिने तयारी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 19, 2018 | 08:41:22 AM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ । गत जेठ १५ मा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती बनाउन स्वदेशी पुँजी लगानी गर्ने घोषणा गरेका थिए । तर, मंगलबार बेलुकी बसेको लगानी बोर्डको बैठकले सम्भव भएसम्म चिनियाँ कम्पनीलाई बोलाउने निर्णय गरेको छ । 

पश्चिम सेती आयोजना बनाउन चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कम्पनी सीटीजीआई) को सहायक कम्पनी सिडडब्लुई इन्भेस्टमृन्ट कर्पोरेसनले चासो दिँदै आएको छ । बोर्डको बैठकले यही कम्पनीलाई लगानी गर्न आग्रह गर्ने निर्णय गरेको हो । ‘पश्चिम सेतीमा लगानी गर्न सीडब्लु इन्भेस्टमेन्ट कर्पोरेसनलाई आग्रह गर्ने बोर्डको बैठकले निर्णय गरेको छ’, बोर्डका प्रवक्ता उत्तमभक्त वाग्ले भने, ‘यही निर्णयअनुसार चिनियाँ कम्पनीलाई चाँडै पत्रचार गर्नेछौँ ।’ नागरिक दैनिकमा खबर छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved