मुक्तहलिया पुनःस्थापना कार्यक्रममा ब्रम्हलुट, ३० करोड ७४ लाख अनुदानमा ५ करोड घूस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 23, 2018 | 08:35:35 AM मा प्रकाशित

laxmi  sunrise bank

मालपोत कार्यालय डडेल्धुरा मार्फत कार्यान्वयन भईरहेको मुक्त हलिया पुर्नस्थापना कार्यक्रमका लाभान्वित ब्यक्तिहरुबाट झण्डै ५ करोड रकम घुस लिइएको खुलासा भएको छ ।

मुक्त हलिया प्रमाणीकरणमा सकृय राष्ट्रिय मुक्त हलिया समाज महासंघ डडेल्धुराका पदाधिकारीसहित मालपोत कार्यालयका कर्मचारी र केहि बिचौलियाहरुले मुक्त हलियाले प्राप्त गरेको अनुदान रकममा घुस लिएका हुन । मुक्त हलिया पर्नस्थापना कार्यक्रममा भएको आर्थिक अनियमितता र घुस प्रकरणको हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

मालपोत कार्यालय डडेल्धुराका अनुसार आर्थिक बर्ष २०७१÷०७२ बाट कार्यान्वयन भईरहेको मुक्त हलिया पुर्नस्थापना कार्यक्रम मार्फत पहिलो बर्ष घर निर्माणका लागि २८ जना, घर मर्मत सम्भारका लागि २० जना र जग्गा खरिदका लागि १५ जनाले अनुदान प्राप्त गरेका थिए भने आर्थिक बर्ष २०७२÷०७३ मा जग्गा खरिदका लागि १५ जना, घर निर्माणका लागि ३० जना र घर मर्मतका लागि ४० जना मुक्त हलियाहरुले अनुदान प्राप्त गरेका थिए ।

यसैगरि आर्थिक बर्ष ०७३÷७४ मा जग्गा खरिदका लागि ६८ जना, घर निर्माणका लागि २३ जना र घर मर्मतका लागि ७२ जनाले अनुदान प्राप्त गरेका थिए । सबैभन्दा बढि गत आर्थिक बर्षमा जग्गा खरिदका लागि २ सय, घर निर्माणका लागि ४ सय र घर मर्मतका लागि छ सय जनाले अनुदान प्राप्त गरिसकेको मालपोत कार्यालय डडेल्धुराका निमित्त मालपोत अधिकृत अशोक शार्कीले जानकारी दिए ।

शार्कीका अनुसार जग्गा खरिदका लागि कार्यक्रम लागू भएदेखि हालसम्मका ४ बर्षमा कुल २ सय ९८ जनाले रु २ लाखका दरले ५ करोड ९६ लाख रुपैया अनुदान प्राप्त गरिसकेका छन । घर मर्मत सम्भारका लागि हालसम्म ७ सय ३२ जनाले एक लाख २५ हजारका दरले ९ करोड १५ लाख र नयाँ घर निर्माणका लागि कुल ४ सय ८१ जनाले ३ लाख २५ हजारका दरले १५ करोड ६३ लाख २५ हजार रुपैया अनुदान प्राप्त गरिसकेका छन ।

प्राप्त अनुदान रकम मध्ये जनही १३ हजार देखि अबस्था हेरी ७५ हजार सम्म घुस लिइएको कार्यक्रममा सहभागी मुक्त हलियाहरुले जनाएका छन । मुक्त हलिया पर्नस्थापना कार्यक्रम अन्तर्गत हालसम्म वितरण गरिएको कुल ३० करोड ७४ लाख २५ हजार अनुदान रकम मध्ये मालपोत कार्यालयका कर्मचारी, मुक्त हलिया समाज महासंघका केहि पदाधिकारी र अन्य विचौलियाहरुले ५ करोड भन्दा बढि घुस लिएको मुक्त हलियाहरुकै केहि अगुवाहरुको दाबी छ ।

कार्यक्रमका लाभान्वित ब्यक्तिहरुले प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मालपोत कार्यालय डडेल्धुराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ती समाज महासंघ सम्वद्ध केही ब्यक्तिहरुका नाममा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रारम्भीक छानबिनगरि थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved