आजका आर्थिक समाचार: कर्मचारीले भत्ता मागेपछि डीडीसीको स्वर्ण महोत्सव रद्द, सुन ६ महिना यता कै सस्तो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 31, 2018 | 09:00:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आजका साउन १५  गते मंगलबार प्रकशित राष्ट्रिय दैनिकहरुले आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् ।

कान्तिपृर दैनिकले 'बिमा समितिको स्वायत्तता गुम्दै' शिर्षकमा समाचार छापेको छ  ।  समाचारमा   भनिएको छ 'वित्तीय क्षेत्र विकास रणनीतिको मर्मविपरीत सरकारले बिमा समितिको स्वायत्तता खोस्न थालेको छ । आइतबार संसद्मा पेस भएको बिमासम्बन्धी विधेयकमार्फत सरकारले बिमा समितिका अधिकारहरू खोसेर आफ्नो (अर्थ मन्त्रालयकै मातहतमा) ल्याउन थालेको हो ।'

त्यस्तै कान्तिपुर मै सरकारले कृषि उत्पादन दोब्बर बनाउन आधुनिकीकरण र व्यवसायीकरण गर्ने दाबी गरे पनि कृषकलाई दिइने यन्त्र अनुदान हटाएको खबर छ । 


टेन्डर खोलेको ७ महिना हुँदा पनि नेपाल टेलिकमले फोरजी एलटीई विस्तारको लागि ठेक्का प्रक्रियाले पूर्णता नपाएको खबर पनि कान्तिपुरमा छ । 'टेलिकमको फोरजी विस्तार मूल्यांकनमै अड्कियो' शिर्षकको समाचारमा पुस अन्तिम साता टेन्डर खोलेर मूल्यांकन प्रक्रिया सुरु भए पनि अहिलेसम्म नटुंगिएको खबर छ।

त्यस्तै भूकम्पपीडितलाई सहुलियत ब्याजदरमा प्रवाह गरिएको कर्जाको धितो लिलाम नगर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको समाचार छ  । त्यस्तै साल्ट ट्रेडिङमा अनियमितता देखिएको बिषय पनि कान्तिपुरले छापेको छ । निजी क्षेत्रले दुईतिहाइभन्दा बढी सेयर ओगटेको साल्ट ट्रेडिङ कर्पोरेसनमा सरकारको हिस्सा बढाउने निर्णय कार्यान्वयन हुन सकेको छैन । अर्थ मन्त्रालयले तीन महिनाअघि नै सरकारको नाममा सेयर कायम गर्न निर्देशन दिए पनि आपूर्ति मन्त्रालयबाट आलटाल भएको समाचारमा उल्लेख छ ।

कारोबार दैनिकले ३० नगरपालिकामा फोहोरबाट ऊर्जा उत्पादन थालेको खबर छ  । नगरपालिकाहरूमा फोहोर व्यवस्थापनको मुद्दा चुनौतीका रूपमा देखिएको बेला विभिन्न ३० नगरपालिकामा “फोहोरबाट ऊर्जा” उत्पादनका ठूला बायोग्याँस परियोजना सुरु गरिएको हो । नगरपालिकाहरूमा फोहोर व्यवस्थापनको मुद्दा चुनौतीका रूपमा देखिएको बेला विभिन्न ३० नगरपालिकामा “फोहोरबाट ऊर्जा” उत्पादनका ठूला बायोग्याँस परियोजना सुरु गरिएको छ ।

त्यस्तै कारोबारले नै पाँच वर्षमा १ खर्ब ५ अर्बको ग्यास आयात  भएको समाचारलाई प्राथमिकता दिएको छ । नेपाली उपभोक्ताको भान्सामा पछिल्लो पाँच वर्षमा १ खर्ब रुपैयाँभन्दा बढीको खाना पकाउने एलपी ग्यास खपत भएको छ । सहजै प्रयोग गर्न सकिने अत्यावश्यक वस्तुकोे रूपमा रहेको ग्यासको आयात बढेसँगै पाँच वर्षमा १ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको झन्डै १४ लाख मेट्रिक टन ग्यास खपत भएको तथ्यांक छ । 

पदयात्री पर्यटकलाई नक्कली बिरामी बनाएर उद्दार गरी बिमाबाट रकम असुल्ने धन्दा अर्थात ‘फेक रेस्क्यु’ मा संलग्न २० संस्थालाई कारबाहीको सिफारिस गरिएको समाचार पनि कारोबारमा छ । फेक रेस्क्यु गराएर पुनर्बिमा कम्पनीसँग लाखौं रकम असुल गर्ने संगठित गिरोहलाई कारबाही गर्न सिफारिस गर्दै छानबिन समितिले ७ सय पृष्ठ लामो प्रतिवेदनसमेत सरकारलाई बुझाएको हो ।

अन्नपूर्ण पोस्ट दैनिकले सरकारले बिना प्रतिस्पर्धा रासायनिक मल खरिद गर्न लागेको र त्यसक्रममा ३१ करोड बढी तिर्न लागिएको खबरलाई प्राथमिकता दिएको छ । मन्त्रालयले भारत सरकारसंग जी टु जी प्रक्रिया मार्फत मल खरिद गर्न लागेको र त्यसको प्रक्रिया अगाडी बढी सकेको समाचारमा उल्लेख छ । त्यस्तै अन्नपूर्ण मै सरकारले देश भर बन्दै गरेका विमानस्थलहरुको लागि कुल १५ अर्ब ३१ करोड बिनियोजन गरेको समाचार छापेको छ । यद्यपि यो नागरिक उडड्यन प्राधिकरण अनुमोदन गर्न बनि रहेको छ । त्यस्तै सरकारले चालु आर्थिक बर्ष भित्र नै नेपाल मतल कम्पनी संचालनमा ल्याउने समाचार पनि अन्नपूर्णमा रहेको छ । 

नागरिक दैनिकले सुनको भाउ ६ महिना यताकै सस्तो रहेको समाचार छापेको छ । त्यस्तै नागरिकले पनि भूकम्प पीडितको घर जग्गा लिलाम नगर्न निर्देशन दिएको खबर छापेको छ । त्यस्तै एसियाका उत्कृष्ट १० गन्तव्यमा लुम्बिनी परेको समाचार रहेको छ 

संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले आगामी एक वर्षका लागि घुम्नैपर्ने एसियाका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपालको लुम्बिनी परेको हो ।

नयाँ पत्रिका दैनिकले पनि भूकम्प पीडितको घर जग्गा लिलाम नगर्न निर्देशन दिएको समाचारलाई प्राथमिकता दिएको छ। कर्मचहरीहरुले १० -१० हजारको दरले भट्ट मागेपछि दुग्ध विकास संस्थानको स्वर्ण महोत्सव कार्यक्रम रद्द भएको समाचार नयाँ पत्रिकाले छापेको छ । कर्मचारीहरुले भत्ता नपाए कार्यक्रममा सहभागी नहुने भनेपछि कार्यक्रम रद्द गरिएको समाचारमा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved