उद्योगीले बढेको ज्याला नदिने, २० प्रतिशतलाई मात्र लाभ हुने गरि इन्टरनेट मूल्य समायोजन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 09:45:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आजका साउन १६  गते बुधबार प्रकशित राष्ट्रिय दैनिकहरुले आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् ।

कान्तिपृर दैनिकले तरलता सहज बनेको बिषयमा 'ऋण लिने ग्राहक खोज्दै बैंक' शिर्षकमा समाचार छापेको छ  । समाचारमा  लामो समय ऋण दिन आनाकानी गरिरहेका बैंकहरू हाल आएर आफैं ग्राहक खोज्न दौडधुप गर्न थालेका जनाईएको छ। खासगरी अल्पकालीन तथा मार्जिन प्रकृतिका ऋणका लागि बैंकहरूले ग्राहक खोज्न थालेका हुन् । बैंकहरूले ग्राहक खोज्न थाले पनि ब्याज भने नघटाइसकेको उल्लेख छ ।

त्यस्तै कान्तिपुर मै मुलुकमा उत्पादन हुने धानमध्ये करिब दुई प्रतिशत सरकारले किन्ने तयारी गरेको खबर छ । किसानलाई राहत/प्रोत्साहन र उत्पाद वृद्धिको रणनीतिसहित चालु आर्थिक वर्षमा उक्त परिमाणको धान खरिद गर्ने तयारी गरेको हो ।

कान्तिपुरले नै सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनी संग गरेको इन्टरनेट मूल्य समायोजन गर्ने सहमतिले २० प्रतिशत प्रयोगकर्तालाई मात्र लाभ हुने समाचार लेखेको छ । बाँकि ८० प्रतिशतले कुनै न कुनै रुपमा सरकारले लगाएको १३ प्रतिशत दुरसंचार सेवा दस्तुरको भार बोक्नु पर्ने समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर सिक्टा सिँचाइका लागि अहिलेसम्म करिब १५ अर्ब रूपैयाँ लगानी गरेको भए पनि प्रतिफल निराशाजनक रहेको बिषयलाई आर्थिक पृष्ठको प्रमुख समाचार बनाएको छ । त्यस्तै भारु नोटको माग स्वाट्टै घटेको बिषय पनि नागरिकले समेटेको छ । नागरिकले स्थानीय सरकारले पानीमा लगाएको पटके कर बिरुद्द ब्यवसायीहरु एक जुट भएको बिषयलाई प्राथमिकताका साथ छापेको छ ।

नयाँ पत्रिका दैनिकले उपत्यकामा चार नयाँ शहरको अध्ययन अन्तिम चरणमा रहेको समाचारलाई आर्थिक पृष्ठको मुख्य समाचार बनाएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर समेटेर ल्याण्ड पुलिङ प्रणालीमा नयाँ शहर बन्न लागेको हो । त्यस्तै नयाँ पत्रिका मै प्रदेश १ का उद्योगीहरुले बढेको ज्याला नदिने बरु उद्योग नै बन्द गर्ने बताएको बिषयलाई पनि समेटेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले गत आर्थिक बर्षमा निजि आवास निर्माणमा पुननिर्माण प्राधिकरणले ८८ अर्ब ३५ करोड खर्च गरेको बिषयलाई आर्थिक पृष्ठको मुख्य समाचार बनाएको छ । त्यस्तै नेपाल सरकारले मलेशियामा नेपाली कामदार पठाउन रोकेको बिषयमा मलेशियाको मन्त्रिपरिषद्मा छलफल हुने बिषयलाई प्राथमिकता दिएको छ । भारतीय उत्पादनले बिस्थापित गरेपछि नेपालको एक मात्र धुलो दुध उत्पादन गर्ने कम्पनी धराशायी बनेको खबर पनि अन्नपुर्णले छापेको छ ।

कारोबार दैनिकले सरकारले ५० खर्ब भन्दा माथिको लेखापरीक्षण सुरु गरेको खबरलाई मुख्य समाचार बनाएको छ । त्यस्तै सरकारले संसदमा पेश गरेको बिमा बिधेयकमा बिमा कसुरमा ३ सय गुणा जरिवाना वृद्धि गरिएको समाचार पनि कारोबारमा रहेको छ । 

गोरखापत्र दैनिकले बेलहिया नाकाको ब्यपार घाटा मात्रै २ खर्ब रहेको बिषयलाई प्राथमिकता दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved