बिमा कम्पनीको पुंजी वृद्धिको लागि ३ महिना, डीडीसीले किसानलाई पैसाको साटो दाना दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 04, 2018 | 10:05:13 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार प्रकशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन्  ।  कान्तिपुर दैनिकले आफ्नो आर्थिक पृष्ठमा मन्त्रिपरिषद्को बैठक कसरी पेपरलेस हुन् थाल्यो भन्ने बिषयमा फिचर समाचार प्रकाशित गरेको छ  ।  समाचारमा ‘पेपरलेस’ मन्त्रिपरिषद् कतिको सुरक्षित छ , र बैठकमा कसरी एजेण्डा राखिन्छ भन्ने बिषय समेटेको छ  । 

त्यस्तै कान्तिपुरले नै दूध किसानलाई नगदको सट्टा दाना दिने समाचार लेखेको छ  । दूधका केही पकेट क्षेत्रमा दिइएको प्रतिलिटर ३ रुपैयाँ अतिरिक्त रकम अब दूधको शुद्धता र गुणस्तरका आधारमा नगद नभई दानामार्फत दिइनेछ समाचार हो यो  । ग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध उत्पादक सहकारीलाई प्रतिलिटर दूधमा ३ रुपैयाँका दरले दिँदै आएको वार्षिक ५ करोड रुपैयाँ ‘अतिरिक्त रकम’ कटौती गर्दै अब उप्रान्त दूधमा अतिरिक्त सकमको सट्टा दाना उपलब्ध गराउने भएको छ । यो रकम सबै सहकारीलाई नभई गुणस्तरीय शुद्ध दूध उपलब्ध गराउने सहकारीलाई मात्रै दिइने हो । 

एप्पल १० खर्ब डलरको कम्पनी बनेको समाचार पनि कान्तिपुरले समाबेश गरेको छ । समाचारमा भनिएको छ 'आइफोन निर्माता एप्पल १० खर्ब डलर मूल्य भएको संसारकै पहिलो पब्लिक कम्पनी बनेको छ । आफ्ना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै एप्पलले पहिलो ट्रिलियन डलर कम्पनी बन्ने सफलता हात पारेको हो ।बिहीबार कम्पनीको मूल्य १० खर्ब डलर कटेको हो । यसको सेयरको मूल्य २ सय ७ डलर पुगेपछि कम्पनीको मूल्य बढेको हो । कम्पनीको सेयर मंगलबारदेखि लगातार बढिरहेको छ । एप्पलले संसारकै पहिलो १० खर्ब डलर मूल्य भएको कम्पनी बन्न अमेरिकी प्रतिस्पर्धी अमेजन र माइक्रोसफ्टलाई पछि पारेको छ ।'

नयाँ पत्रिका दैनिकले आज शनिवार आफ्नो आर्थिक पृष्ठमा  नेपाल वायुसेवा निगम अर्थात् ‘आरए’का महाप्रबन्धक सुगतरत्न कंसाकारको वाइडबडी जहाज खरिद अनुभव छापेको छ  । “तक्मा पाउँछु भन्ने आशा थियो, जेल हाले” शिर्षकमा रहेको उक्त अनुभवमा कंसाकारले यो त टेक–अफ मात्रै हो, निगमले निकै लामो उडान गर्न बाँकी भएको प्रतिक्रिया दिएका छन् । 

अन्नपूर्ण पोस्ट दैनिकले पनि डीडीसीले किसानलाई दाना दिने बिषय छापेको छ । त्यस्तै म्यानपावर धरौटी विवादको बिषयमा सरकारले कमिटी गठन गरेर अगाडि बढ्ने निर्णय गरेको खबर पनि अन्नपुर्णमा छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर व्यवसायको धरौटी वृद्धि गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । श्रम तथा रोजगार मन्त्रालयले एकलौटी रूपमा व्यवसायीसँग कुनै छलफल नगरी व्यवसाय नै धरापमा पर्ने गरी धरौटी वृद्धि गर्न लागेको भन्दै संघले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेको हो ।

समाचारमा भनिएको छ 'भेटघाटमा प्रधानमन्त्री ओलीले सरकार र व्यवसायीबीच छलफल गरेर म्यानपावर सञ्चालनको धरौटी पुनरावलोकन गरिने व्यवसायीलाई आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन भन्डारीले जानकारी दिए । भेटमा प्रधानमन्त्रीले धरौटी वृद्धिको विषयमा मन्त्री तथा मन्त्रालयलसँग छलफलग गरेर अगाडि बढ्ने बताए ।'

अन्नपूर्ण मै सोलुखुम्बुको पहिलो किवी गाउँ थुलुङ दूधकोसी शिर्षकको समाचार छ । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकालाई ‘किवी भिलेज’ घोषणा गरेर एक करोड बजेट विनियोजन गरिएको छ। जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका दूधकोसीले खेती संस्कारलाई परिवर्तन गर्दै किवीको व्यावसायिक खेती विस्तार गर्ने उद्देश्यका साथ कुल विकास बजेटको करिब १० प्रतिशत छुट्याइएको समाचारमा उल्लेख छ।

गोरखापत्र दैनिकले विस्थापन हुँदै साना सवारी शिर्षकमा साना सार्वजनिक सवारीसाधन विस्थापन गरी सुविधा सम्पन्न ठूला सवारीसाधन सञ्चालन गर्ने क्रम बढिरहेको समाचार छापेको छ । त्यस्तै उर्जा मन्त्री बर्षमान पुनले आफ्ना मन्त्रालय अन्तर्गतका समस्या समाधानको लागि शुक्रबारदेखि हटलाइन सेवा सुरु गरेको समाचार पनि रहेको छ। गोरखापत्र मै बिमा कम्पनीको चुक्ता पुंजी वृद्धिको लागि ३ महिनाको समय थपिने समाचार रहेको छ  । बिमा समिति अध्यक्ष चिरनजिवी चापागाईले प्रभु इन्स्योरेन्सको वार्षिकोत्सवमा ३ महिनाको मात्र समय थप गर्न सकिने उल्लेख गरेका हुन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved