जग्गाको मूल्य बढ्दा बैंकहरूको खराब कर्जा घट्यो, इन्धनको मूल्य दैनिक समायोजन गर्ने तयारी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 23, 2018 | 09:34:01 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भदौ ७ गते बिहिबार प्रकशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् । 

कान्तिपुर दैनिकले 'बिम्सटेक बैठक: प्राथमिकतामा पाँच क्षेत्र' शिर्षकको समाचार छापेको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) बैठकमा नेपाल सरकारले पाँच क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरोकारवालाहरूसँग आयोजना गरेको छलफल तथा सुझाव संकलन गर्ने क्रममा प्राथमिकता सार्वजनिक गरेका हुन् । उनका अनुसार सदस्य मुलुकबीच विभिन्न माध्यमबाट सञ्जाल विस्तार गर्ने, गरिबी निवारण, स्वतन्त्र व्यापार क्षेत्रलगायतका विषयले यसपटकको बैठकमा प्राथमिकता पाउनेछन् ।

‘पहिलो प्राथमिकता कनेक्टिभिटीमा केन्द्रित रहनेछ,’ उनले भने, ‘दोस्रो गरिबी निवारण हुनेछ ।’ बिम्सटेक सदस्य राष्ट्रमा बसोबास गर्ने १ अर्ब ६८ करोड जनसंख्यामध्ये झन्डै ४० करोड गरिबीको रेखामुनि रहेको मन्त्री ज्ञवालीले जानकारी दिए । ‘नेपालमा पनि २३/२४ प्रतिशतभन्दा बढी गरिबीको रेखामुनि रहेको र बिम्सटेकमा नेपाल गरिबी निवारणसम्बन्धी विषय हेर्ने मुलुक भएकाले पनि यो एजेन्डा रहनेछ,’ उनले भने ।

कान्तिपुर मै काठमाडौँको बिजुलीको माग धान्न धादिंग क्षेत्रमा १ सय ४३ टावर थपिँन लागेको खबर छ । त्यस्तै नेपाल भ्रमणमा आउने मुख्यत: अमेरिकी, बेलायती र अस्ट्रेलियन नागरिकहरूको भ्रमण बिमा गर्ने लगायतका चिकित्सा सहायता उपलब्ध गराउँदै आएको दाबी गर्ने एक विदेशी कम्पनीले फर्जी उद्धारमा संलग्न एजेन्सीहरूलाई नेपाल सरकारले कारबाही नगरे आगामी सिजनदेखि बिमासँग सम्बन्धित सबै सेवा रोक्ने चेतावनी दिएको खबर पनि कान्तिपुरमा छ । दक्षिण अमेरिकामा मुख्यालय रहेको नेपालमा पनि काम गर्ने ट्राभलर एसिस्टका प्रतिनिधि डेनी केनले पर्यटन विभाग र पर्यटन मन्त्रालयलाई इमेल लेख्दै फर्जी उद्धारमा संलग्न नेपाली एयरलाइन्स (हेलिकप्टर कम्पनी), अस्पताल, ट्ेरकिङ/ट्राभल/रेस्क्यु एजेन्सीलाई कारबाही गर्न आग्रह गर्दै आएको छ ।

अन्नपुर्ण पोस्टले 'मध्य मेवाको विद्युत् खरिद सम्झौता भएको बिषयलाई मुख्या समाचार बनाएको छ । विद्युत् प्राधिकरण र मेवा डेभलपर्स प्रालिबीच ४९ मेगावाटको मध्य मेवा जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ। मध्य मेवाले प्राधिकरणको प्रणालीमा विद्युत्को उच्चतम माग भएका बेला (पिक) दैनिक ६ घण्टा विद्युत् ऊर्जा उत्पादन गर्नेछ।

त्यस्तै अन्नपूर्ण मै तामाकोशीको शेयर आवेदनमा ठगि भएको र काठमाडौँ धुलिखेल विद्युतीय बस चल्ने खबर पनि छापिएको छ ।

नयाँ पत्रिका दैनिकले साप्ताहिक रूपमा इन्धनको मूल्य समायोजन गर्ने तयारी भएको समाचार छापेको छ । नेपाल आयल निगमले हरेक साता पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी गरेको छ । अहिले प्रत्येक १५–१५ दिनमा भारतीय आयल कर्पोरेसन (आइओसी)ले निगमलाई नयाँ मूल्यसूची पठाउने गर्छ । निगमले सोही मूल्यसूचीका आधारमा नेपालमा नयाँ मूल्य निर्धारण गर्दै आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको निर्देशनअनुसार साप्ताहिक रूपमा मूल्य समायोजन गर्ने तयारी थालेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । ‘अहिले हरेक साता पेट्रोलियम मूल्य समायोजन गर्ने प्रणालीको विकास गरिरहेका छौँ,’ उनले भने, ‘छिटै ट्रायल गर्नेछौँ र कार्यान्वयनमा ल्याउनेछौँ ।’

उद्योगमन्त्री यादवले पेट्रोलियम पदार्थको मूल्य सकेसम्म दैनिक रूपमा समायोजन गर्न निगमलाई निर्देशन दिएको मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए । ‘हरेक दिन अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटबढ हुन्छ, सोहीअनुसार नेपालमा मूल्य समायोजन गर्नुपर्छ भन्ने उद्योगमन्त्रीको सोच हो,’ उनले भने, ‘दैनिक मूल्य समायोजन हुँदा उपभोक्ताले वास्तविक मूल्यमा पेट्रोलियम पदार्थ पाउँछन् ।’ मन्त्रीले सुरुमा साप्ताहिक रूपमा र त्यसपछि दैनिक रूपमा मूल्य समायोजन गर्न निगमलाई निर्देशन दिएको उनले बताए ।

नयाँ पत्रिका मै हिमाली क्षेत्रमा १६ सहर प्रस्ताव पहिलो चरणमा ५ सहरको अध्ययन गरिने शिर्षकको खबर छ । सरकारले हिमाली सहरका रूपमा विकास गर्ने निर्णय गरेका १६ वटा सहरमध्ये ५ वटाको प्रारम्भिक अध्ययन गर्ने भएको छ । पहिलो चरणमा छनोट भएका लुक्ला, स्याप्रुबेसी, जोमसोम, सिमिकोट र मार्तडीको प्रारम्भिक अध्ययन कार्य अगाडि बढाएको हो । गत असार ११ को मन्त्रिस्तरीय बैठकले ५ वटा प्रदेशका १६ सहरलाई हिमाली सहर सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको थियो । जसमध्ये तत्काल प्रत्येक प्रदेशका एक–एकवटा सहरको अध्ययन गरिने भएको नयाँ सहर आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक पराग कायस्थले बताए ।

कारोबार दैनिकले जग्गाको मूल्य बढ्दा बैंकहरूको खराब कर्जा घटेको समाचार छापेको छ । आर्थिक वर्ष २०७४-७५ मा अधिकांश बैंकहरूको खराब कर्जाको अंश घटेको छ । पछिल्लो समयमा जग्गाको मूल्य आकासिएका कारण बैंकहरूले खराब कर्जाको अंश घटाउन सफल भएका हुन् । 

त्यस्तै कारोबार मै व्यापार-व्यवसाय बढाउँदै सेना शिर्षकको खबर छ  ।   कल्याणकारी योजनाका नाममा नेपाली सेनाले नाफामूलक व्यापार–व्यवसायमा लगानी बढाउन लागेको छ । नाफामूलक व्यापार–व्यवसायमा सक्रिय बन्दै गएको आरोप खेपिरहेको सेनाले कल्याणकारी कोषको रकम व्यापारिक प्रयोजनमा विस्तार गर्न लागेको हो । राष्ट्रिय सुरक्षाको प्रमुख अंग सेनाले सैनिक कल्याणकारी कार्यक्रमअन्तर्गत जग्गा प्लटिङ-हाउजिङ निर्माण, सपिङ कम्प्लेक्स, इन्धनको ढुवानी-आपूर्ति तथा बिक्रीवितरण, जलविद्युत् आयोजनामा कर्जा प्रवाह, तयारी पोशाक उत्पादनलगायतमा लगानी विस्तार गर्न लागिएको जनाएको छ । 

कहाँ–कहाँ थप लगानी ?

♦ १० पेट्रोल पम्प विस्तार

♦ २ सय ट्याङ्कर खरिद

♦ हाउजिङ-सपिङ कम्प्लेक्स-आवासगृह निर्माण

♦ जग्गा प्लटिङ

♦ प्रदेशमा विद्यालय-अस्पताल सञ्चालन

♦ सिभिल एक्प्लोसिभ प्लान्ट

♦ जलविद्युत्मा लगानी

♦ आयकर छुटको व्यवस्थाका लागि लबिङ गर्न रक्षालाई पत्राचार

♦ कोषको दायित्व धेरै भयो, लगानीमैत्री कानुन चाहिन्छः रघु भण्डारी, निर्देशक, कल्याणकारी योजना निर्देशनालय 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved