पुँजी वृद्धिले प्रतिसेयर आम्दानी घट्यो, बिमस्टेकमा ‘ब्लू इकोनोमी’को एजेण्डा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 31, 2018 | 09:38:08 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भदौ १५ गते शुक्रबार प्रकाशित राष्ट्रिय दैनिक हरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समाचार छापेका छन्  । कान्तिपुर दैनिकले कालीमाटीको समितिमा बिचौलिया हाबी भएको समाचार छापेको छ   ।  सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा किसानको नाममा व्यवसायी नै हाबी हुने गरी पदाधिकारी मनोनयन गरेको पाइएको हो । 

कान्तिपुर मै डलरले नयाँ रेकर्ड बनाउदै गरेको र नेपाललाई लाभभन्दा हानि धेरै हुने समाचार छ  । शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्चिनुपर्ने भएको छ । यो विनिमय दर हालसम्मकै उच्च हो । यसको अर्थ डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने हो । दुई दिनअघि एक अमेरिकी डलरको विनिमयदर १ सय १२ रुपैयाँ ६५ पैसा पुगेको थियो । खासगरी दुई कारणले डलरसँग नेपाली मुद्राको मूल्य (भाउ) घटछ । पहिलो विश्व बजारमा अमेरिकी डलर बलियो बन्दै जानु र दोस्रो डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुनु । अहिले दोस्रोभन्दा पनि पहिलो कारणले नेरुसँग डलरको विनिमय दर बढदै गएको हो । पछिल्लो समयमा अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारले विश्व बजारमा डलरको भाउ सुधारिएको हो । विज्ञहरूले यसलाई ‘ट्रम्प इफेक्ट’ को संज्ञा दिएका छन् ।

कान्तिपुर मै ५ करोड बराबरको भारु नासतिएको खबर छ । भारतले ५ सय र हजारका नोटहरु चलनचल्तीबाट हटाएको २ बर्ष बिती सक्दा पनि नेपालमा भएको भारु नसाटीएको हो ।सरकार र राष्ट्र बैंकबाट अनेकौ प्रयास भएपछि भारतले यसलाई महत्व नदिएको हो । भारतीय केन्द्रीय बैंकले बुधबार एक प्रतिवेदन सार्बजनिक गरेपनि नेपालबारे प्रतिवेदन मौन छ ।

नयाँ पत्रिका दैनिकले  नेपालमा लगानी गर्न सार्क अगाडि, व्यापारमा बिमस्टेक शिर्षकको समाचार छापेको छ । नेपालमा बिमस्टेक सदस्य राष्ट्रबाट भन्दा सार्क सदस्य राष्ट्रबाट प्रत्यक्ष विदेशी लगानी बढी आएको देखिएको छ । त्यस्तै, बिमस्टेक सदस्य राष्ट्रको तुलनामा सार्क सदस्य राष्ट्रसँगको व्यापार घाटा पनि कम देखिएको छ । पछिल्ला पाँच वर्षको सरकारी तथ्यांकअनुसार समग्रमा सार्क मुलुकबाट बढी लगानी आएको र तुलनात्मक रूपमा कम व्यापार घाटा भएको देखिन्छ ।

नयाँ पत्रिका मै सरकारले एक वर्षमै फल दिन सुरु गर्ने स्याउको व्यावसायिक उत्पादन थाल्ने गृहकार्य अघि बढाएको खबर छ ।  कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनार्फत विदेशबाट एक वर्षमै फल दिने स्याउका बिरुवा आयात गर्न लागेको हो ।

त्यस्तै लाइसेन्स प्राप्त गरेको २ वर्ष हुन लाग्दासमेत जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याउन नसकेको युनाइटेड टेलिकम लिमिटेड (युटिएल)को अनुमतिपत्र खारेजीको चरणमा पुगेको खबर पनि नयाँ पत्रिकामा छ । युनिफाइड लाइसेन्सअन्तर्गत सबै किसिमका दूरसञ्चार सेवा सञ्चालन गर्ने निर्धारित समय खेर फालेको युटिएलले थप गरिएको ६ महिनामा पनि सर्त पूरा नगरेपछि अनुमतिपत्र खारेज हुने अवस्थामा पुगेको हो ।

अन्नपुर्ण पोस्ट दैनिकले पुँजी वृद्धिले प्रतिसेयर आम्दानी घटेको समाचार छापेको छ ।  बैंकहरूको नाफा बढे पनि प्रतिसेयर आम्दानी घटेको छ। नाफाकै तुलनामा प्रतिसेयर आम्दानी पनि बढ्दै जानुपर्ने सैद्धान्तिक मान्यता हो। तर, आर्थिक वर्ष २०७४/०७५ मा प्रायः सबै बैंकको नाफा बढ्दा पनि त्यस अनुपातमा प्रतिसेयर आम्दानी भएको छैन। बैंकले छोटो समयमै गरेको चुक्ता पुँजी वृद्धि र प्रतिस्पर्धी बजारका कारण यस्तो अवस्था आएको हो।

त्यस्तै नेपालमा सुनखानीबारे तीनपटक अध्ययन भएको तर उत्खनन् शून्य रहेको खबर पनि अन्नपुर्णमा छ ।नेपालका नदी किनारमा सुनको कण पाइने प्रतिवेदन आएको ८३ वर्ष पुग्यो। सुन खानीकै विषयमा तीनपटक अध्ययन समेत भइसक्यो। तर, उत्खनन्मा राज्यले चासो नदेखाउँदा गरगहना प्रयोजनका लागि वार्षिक करिब ३४ अर्ब ५६ करोड रुपैयाँ बराबरको सात हजार दुई सय किलो सुन आयात भइरहेको छ। व्यापार घाटा बढ्नुमा सुन आयात पनि प्रमुख कारण हो।

कारोबार दैनिकले बिमस्टेकमा ‘ब्लू इकोनोमी’को एजेण्डा शिर्षकको समाचार छापेको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा ब्लू इकोनोमीको एजेण्डाले प्रवेश पाएको छ । राजधानीमा बिहीबारदेखि सुरु भएको सम्मेलनमा सहभागी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै साझेदार मुलुकले ब्लू इकोनोमीलाई प्राथमिकताकासाथ उठाउनु पर्ने बताएका हुन् । 

कारोबार मै मुलुकमा व्यापारघाटा बढिरहेको बेला सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि १० वर्षे गुरुयोजना तयार पारेको खबर छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने उद्देश्यसहित नेपाल इन्टरमोडल यातायात विकास समितिले १० वर्षे गुरुयोजना तयार गरेको हो । सञ्चालनमा रहेका सुक्खा बन्दरगाहाको क्षमता विस्तार, भन्सार नाकाको स्तरोन्नति निर्माणाधीन बन्दरगाहको समयमै निर्माण विकास एवं नयाँ पारवाहन सुविधाको लागि अध्ययन गर्ने लक्ष्यसहित सो गुरुयोजना तयार गरिएको समितिले जानकारी दिएको छ ।

कारोबार दैनिकले ग्यास र पेट्रोलियम पाईपलाइनमा भारतले सघाउने खबर छ । त्यस्तै कारोबार मै सरकारले कारबाहीको लागि सिफारिस गरेका दिगम्भर झा लाइ नै दुरसंचार प्राधिकरणमा अध्यक्ष बनाउन सिफारिस गरेको खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved