नेपाल रुपैयाँ कमजोर बन्दै गएपछि अध्ययन थाल्दै राष्ट्र बैंक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 08:45:42 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ (नेरु) कमजोर हुने क्रम अझै थामिएको छैन । पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेरु कमजोर । यही क्रममा मंगलबार एक अमेरिकी डलरको विनिमयदर १ सय १४ रुपैयाँभन्दा माथि पुगेको छ ।

यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न १ सय १४ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ भन्ने हो । यो हालसम्मकै उच्च हो । मंगलबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय १३ रुपैयाँ ६४ पैसा तोकेको छ । यो सर्वसाधारणबाट बैंक वा मनी एक्सचेन्जरहरूले खरिद गर्ने दर हो । सोमबार यस्तो विनिमय दर १ सय १३ रुपैयाँ २९ पैसा थियो ।

नेरुको तुलनामा डलर निरन्तर बलियो बन्दै गएपछि त्यसबाट पर्न सक्ने सम्भावित असरबारे राष्ट्र बैंकले अध्ययन थाल्ने तयारी गरेको छ । पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्रमा देखिएको तीब्र आर्थिक सुधारले विश्व बजारमा डलर बलियो गएको जनाउँदै राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुङ्गानाले भने, ‘मंगलबारका लागि अमेरिकी डलरको विनिमय दर १ सय १४ भन्दा माथि पुगिसकेको छ । निरन्तर रूपमा डलर बलियो बन्दै गएको कारण र सम्भावित असरबारे अध्ययन सुरु गर्छौं ।’ विश्व बजारको परिदृश्य विश्लेषण गर्दा आउँदा केही दिन अझै अमेरिकी डलर बलियो बन्दै जाने उनको अनुमान छ । ‘यत्तिमै पुग्ला भन्ने तोकेर भन्न अप्ठेरो छ,’ उनले भने, ‘यद्यपि केही समय डलर बलियो बन्ने सम्भावना देखिन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved