लघुवित्तलाई मर्ज गर्ने तयारी, बिमा कम्पनीहरूको नाफा आठ अर्ब ८१ करोड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 07, 2018 | 09:09:39 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार प्रकाशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समाचार प्रक्षण गरेका छन्  । कान्तिपुर दैनिकले कुलेखानी जलाशय भरिँदै शिर्षकको समाचार छापेको छ ।जलाधार क्षेत्रमा भदौ महिनामा वर्षा भएकाले यो वर्ष कुलेखानी जलाशय भरिने भएको छ । विगत २ वर्ष जलाधार क्षेत्रमा थोरै वर्षा भएकाले कुलेखानी भरिएको थिएन । सुरुमा जलाशयमा संकलन गरिएको पानीबाट २१ करोड ११ लाख युनिट विद्युत् उत्पादन हुन्थ्यो अहिले त्यो क्षमतामा ३० प्रतिशत ह्रास आएको छ।

कान्तिपुरमै लघुवित्तलाई मर्ज गर्ने तयारी शिर्षकको समाचार छ । राष्ट्र बैंकले यस्तो सनाकेट दिएको समाचारमा उल्लेख छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक सार्बजनिक कार्यक्रममा लघुवित्तलाई पनि मर्जरको लागि प्रोत्साहन गरिने बताएका हुन् । उनले मर्ज र एक्विजिसनको लागि आग्रह गरिएको बताए ।

नयाँ पत्रिकाले आयातीत घिउ महँगियो स्वदेशी उद्योगलाई फाइदा शिर्षकको समाचार छापेको छ । सरकारले आयातीत घिउमा निर्धारण गरेको प्रतिकिलो सन्दर्भ मूल्यमा वृद्धि गरेको छ । सन्दर्भ मूल्यमा गरिएको वृद्धिले आयातीत घिउ महँगिन गई स्वदेशी उद्योगलाई फाइदा हुने भएको छ । आयातीत घिउमा ४ सय रुपैयाँ प्रतिकिलो सन्दर्भ मूल्य कायम गरेको थियो । करिब एक साताअघि यसमा हेरफेर गरी ६ सय ४० रुपैयाँ प्रतिकिलो पु-याइएको छ ।

नयाँ पत्रिका मै सोमबारदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली शिर्षकको समाचार छ  । सरकारले आउँदो सोमबारदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) सञ्चालनमा ल्याउने भएको छ । वैदेशिक रोजगारको क्षेत्रमा रहेको ठगीलाई नियन्त्रण गर्न तथा सरोकारवाला निकायबीच अनलाइनमार्फत नै सूचना आदान–प्रदान गर्ने उद्देश्यका साथ नयाँ प्रणाली विकास गरिएको वैदेशिक रोजगार विभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले बताए ।

अन्नपूर्ण पोस्टले बिमा कम्पनीहरूको नाफा आठ अर्ब ८१ करोड शिर्षकको समाचार छापेको छ   । बिमा कम्पनीहरूले आर्थिक वर्ष २०७४/०७५ मा सात अर्ब ८१ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् । नेपालमा जीवन र निर्जीवन गरी बिमा कम्पनीको कुल संख्या ३९ छ । गत आवमा २० वटा निर्जीवन बिमा कम्पनी र एउटा पुनर्बिमा कम्पनीले पाँच अर्ब ३९ करोड १९ लाख र १८ वटा जीवन बिमा कम्पनीले दुई अर्ब ४२ करोड २४ लाख नाफा गरेको बिमा समितिले जानकारी दिएको छ । बिमा कम्पनी चुक्ता पुँजी वृद्धि र बिमामा सर्वसाधारणको आकर्षण बढ्दै गएका कारण कम्पनीहरूको नाफा बढेको हो ।

त्यस्तै अन्नपूर्ण मै मिलेमतोमा कार्गो विल्डिङको ठेक्का शिर्षकको खबर छ  । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध विमानस्थल भैरहवामा निर्माण गर्न लागेको कार्गो टर्मिनल विल्डिङको ठेक्का मिलेमतोमा भएको पाइएको छ।प्राधिकरणको राष्ट्रिय गौरवको आयोजनाले मागेको कार्गो भवन निर्माण ठेक्का सबैभन्दा कम कबोल गर्नेलाई पन्छाएर बढी कबोल गर्ने कम्पनीलाई दिइएको छ।यसबाट मिलोमतो भएको आशंका गरिएको छ। प्राधिकरणले बढीमा ८० करोड रुपैयाँ लागत अनुमान गरी ठेक्का प्रस्ताव माग गरेको थियो।तर, कम कबोल गर्नेलाई नदिई ८० करोडमा नै निर्माण गर्न प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिइएको छ।

कारोबार दैनिकले बंगलादेशसँग दोहोरो कर उन्मुक्ति सम्झौता गर्दै सरकार शिर्षकको समाचार छापेको छ। सरकारले बंगलादेशसँग दोहोरो कर उन्मुक्तिको सम्झौता (डीटीए) गर्ने भएको छ । सम्झौताको लागि सबै प्रक्रिया पूरा भएर हस्ताक्षरको चरणमा रहेको अर्थ मन्त्रालयले जनाएको छ । केही अघि मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग दोहोरो कर सम्झौता गर्ने निर्णय गरेर यस्तो सम्झौतामा हस्ताक्षर गर्नको लागि अर्थमन्त्री डा. युवराज खतिवडालाई अख्तियारी दिएको थियो । यस विषयमा गहन अध्ययन र छलफल भइरहेको तथा छिट्टै सम्झौता हुने मन्त्रालयको भनाइ छ ।नेपाल आर्थिक पत्रकार समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्याक्रममा राजस्वसचिव शिशिरकुमार ढुंगानाले बंगलादेशसँग दोहोरो कर सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कारोबार मै अमेरीकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैं महँगो हुने खबर छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुदा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने भएपछि नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैं नै महँगोे हुने भएको हो।

त्यस्तै कर कार्यालयमा बुझाएको विवरण र बैंक तथा वित्तीय संस्थामा कर्जाका लागि बुझाउने विवरण एउटै नहुँदा कर्जा प्रवाहमै समस्या देखिन थालेको खबर पनि कारोबारमा छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले कर कार्यालय र बैंक तथा वित्तीय संस्थामा बुझाएको विवरण एउटै हुनुपर्ने व्यवस्था गरेपछि व्यवसायीलाई समस्या परेको हो । मूलतः साना तथा मझौला व्यवसायीले यसरी दोहोरो विवरण बनाउँदै आएको पाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved