भारतबाट मात्रै सवा खर्ब रेमिट्यान्स, पश्चिम सेती आयोजनाको निर्माण खुला प्रतिस्पर्धाबाट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 09:10:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भदौ २६ गते मंगलबार प्रकशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समाचार छापेका छन्। कान्तिपुर दैनिकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सोमबार स्थापना गरेको खबर छापेको छ । कामदारलाई चाहिने आधारभूत सूचना पाउनका लागि ‘मोबाइल एप्स’ समेत सार्वजनिक गरेको छ ।

त्यस्तै दुबई जानु पर्ने निगमको जहाज मलेशिया लागिएको खबर पनि कान्तिपुरमा छ । 

पर्यटन प्रवर्द्धनसम्बन्धी नेपालमा शाखा भएको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मलेसियामा बुधबारदेखि आयोजना गर्न लागेको तीनदिने मेलामा भाग लिनका लागि राष्ट्रिय ध्वाजाबाहक एयरलाइन्सको आइतबार रातिको दुवई उडान ‘रद्द’ गरेर विमान सोमबार बिहान मलेसिया लगिएको हो ।

अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ (नेरु) कमजोर हुने क्रम मंगलबार एक अमेरिकी डलरको विनिमयदर १ सय १६ रुपैयाँभन्दा माथि पुगेको समाचार कान्तिपुरमा छ । त्यस्तै गत आर्थिक वर्ष भारतबाट मात्र सवा खर्ब रुपैयाँ रेमिटयान्स नेपाल भित्रिएको खबर छापेको छ । अघिल्लो वर्षको तुलनामा यो करिब साढे २७ प्रतिशतको वृद्धि हो । पछिल्ला वर्षहरूमा रेमिटयान्स सेवाप्रदायक कम्पनीहरूको विस्तारसँगै भारतबाट आउने रेमिटयान्समा पनि सुधार आएको छ ।

नयाँ पत्रिका दैनिकले पनि सरकारले अब वैदेशिक रोजगारीमा जाने र फर्किने सबै कामदारको तथ्यांक राख्ने भएको समाचार छापेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज तथा सुलभ सेवा प्रदान गर्न र वैदेशिक रोजगारीमा देखिएको ठगी न्यूनीकरण गर्न एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) सुरुवात गरेको हो  ।

नयाँ पत्रिका मै वित्तीय संघीयता कार्यान्वयनको छोटो अवधिमै चरम असन्तुष्टि र विवाद देखिएपछि यसको सफलतामा प्रश्न चिह्न खडा भएकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेको खबर छ । विशेष गरी स्थानीय तहमा उठेका करसम्बन्धी विवाद, स्थानीय सरकारको काम गर्ने शैली र खर्च गर्ने प्रवृत्तिका कारण वित्तीय संघीयताले जनताको मन जित्न नसकेको उनीहरूको भनाइ छ ।

अन्नपूर्ण पोस्टले पनि  वैदेशिक रोजगारीमा जाने र फर्किने सबै कामदारको एकिकृत सूचना प्रणाली राखिने खबर छापेको छ । त्यस्तै सरकारले पहिलो पटक बैज्ञानिक प्रणाली प्र्रयोग गरी सडक दुर्घटनाको अभिलेख राख्न लागेको खबर छ ।

कारोबार दैनिकले पश्चिम सेती आयोजनाको निर्माण अब खुला प्रतिस्पर्धाबाटै अघि बढाइने खबर छापेको छ । ७ सय ५० मेगावाट क्षमताको यो आयोजना वर्षौंसम्म चिनियाँ कम्पनीले होल्ड गर्दै हालै हात झिकेपछि सरकारले खुला प्रतिस्पर्धाबाटै निर्माण गर्ने योजना बनाएको हो । त्यस्तै कारोबारले पनि सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा बढदै गएको अनियमितता र ठगी नियन्त्रण गर्न भन्दै यस क्षेत्रमा काम गर्ने १० निकायको कार्यसम्पादनलाई नियन्त्रण र अनुगमन गर्नेगरी एकीकृत अनलाइन प्रणाली सुरु गरेको खबर छापेको छ । युवाले राहदानी बनाउनेदेखि रोजगारदातासम्म प्रक्रियागत रूपमा जानुपर्ने ८ वटा निकायको कार्यसम्पादन अनलाइनमार्फत हेर्न मिल्ने गरी एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) को सुरुवात गरिएको हो । यो प्रणालीबाट सरकारी कर्मचारी, म्यानपावर व्यवसायी, कामदार र अन्य निकायबाट हुने अनियमित क्रियाकलाप नियन्त्रण हुने छ भने कामदारलाई प्रक्रिया बढाउन सहज हुने छ । यस्तो प्रणाली पहिला प्रत्येक निकायमा छुट्टाछुट्टै सञ्चालनमा रहे पनि एक अर्को निकायसँग नजोडिएका कारण अनियमियता हुने गरेको थियो । अब भने एक प्रक्रियाको सुरुबाट अन्त्यसम्म बाहिरी हस्तक्षेप र अनियमिता गर्न सबै निकाय मिल्नु पर्ने हुन्छ । यसैले अब वैदेशिक रोजगारीमा जाने युवाले राहदानी बनाएदेखि सुरु हुने प्रत्येक प्रक्रियाको अभिलेख राख्ने र हेर्न मिल्ने गरी यो प्रणालीको विकास गरिएको छ । 

भारतले संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नभएकोप्रति असन्तुष्टि जनाएको खबर पनि कारोबारमा छ । सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटेर नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले सैन्य अभ्यासमा सहभागी हुने पूर्व निर्धारित कार्यक्रम रद्द गरेकोमा असन्तुष्टि जनाएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved