नेपालमा ढुवानी नगर्ने भारतीय ग्यास बुलेटहरूको चेतावनी, भारु साटिने सम्भावना न्यून

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2018 | 09:02:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असोज २ गते मंगलबार प्रकाशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् । सबैले पेट्रोलियम पदार्थको मूल्य बढेको बिषयको समाचार छापेका छन् 

कान्तिपुर दैनिकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित कार्यक्रममा समस्यै समस्या देखिएको खबर छापेको छ ।कृषकलाई प्रोत्साहन, कृषि उत्पादन र बजारीकरण गर्न सञ्चालित अधिकांश कार्यक्रममा समस्या देखिएको हो । योजना आयोगमा राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औं बैठकमा पेस गरिएको प्रतिवेदनमा कार्यक्रमहरू समस्याग्रस्त देखिएका हुन् । प्रतिवेदनअनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनमा तरकारी जोन तोकिएको क्षेत्रमा जमिनको खण्डीकरण र तीव्र सहरीकरण बढेको छ, जसले गर्दा कृषि क्रियाकलाप सञ्चालन हुन कठिन छ ।

कान्तिपुर मै बंगलादेशबाट करिब एक अर्वको जुस आयात भएको खबर छ । स्वदेशी उत्पादनका अलावा नेपाली बजारमा भारतीय उत्पादनको दबदबा थियो । अत्यधिक आयातपछि अब बंगलादेशी उत्पादनले समेत नेपाली बजार जमाउन थालेको देखिन्छ । मेची भन्सार कार्यालयका अनुसार अघिल्लो वर्ष बंगलादेशबाट ९९ करोड ८६ लाखभन्दा बढी मूल्यको २ करोड १६ लाख ७७ हजार लिटर जुस नेपाल भित्रिएको हो । लिचीको स्वादको जुसको माग नेपाली बजारमा ज्यादा रहेको सम्बद्ध व्यवसायीहरू बताउँछन् । 
 नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्षमा नियुक्त भए पनि दिगम्बर झाले नियुक्तिको २ साता हुँदासमेत कुनै निर्णय गर्न नपाएको खबर पनि कान्तिपुरमा छ । झा यसअघि अध्यक्ष हुँदा मन्त्रिपरिषद्ले दिएको निर्देशनका कारण कारण पुन: अध्यक्ष बने पनि निर्णय गर्नबाट वञ्चित भएका हुन् । 

नयाँ पत्रिका दैनिकले प्रतिबन्धित भारु सटहीको बिषयलाई मुख्य समाचार बनाएको छ  । भारतले पाँच सय र १ हजार दरका भारतीय नोटमा प्रतिबन्ध लगाएको दुई वर्ष पुग्न लागिसकेको छ । यसबीचमा भारतमा करिब ९९ दशमलव ३ प्रतिशत प्रतिबन्धित नोट साटिइसकेको भारतीय रिजर्भ बैंकले जनाएको छ । तर, ० दशमवलव ७ प्रतिशत नोट फिर्ता भएनन् । तीमध्ये केही नोट भारतले नेपाल र भुटानमा रहेका प्रतिबन्धित भारु नसाटी दिएकाले बाहिर बसेका हुन् । नोटबन्दीको दुई वर्ष बित्न लाग्दा पनि नेपाली जनताले कानुनीरुपमा बोकेका प्रतिबन्धित ५ सय र १ हजार दरका भारु साट्न भारतले कन्जुस्याइँ गरेको छ । अब त भारत सरकारका अर्थमन्त्रालयका सचिव नै भन्छन् ती नोट साटिने सम्भावना न्यून छ ।

गोरखापत्र दैनिकले  भारतीय ग्यास बुलेटहरूले ढुवानी भाडा वृद्धि नगरे नेपालमा ग्यास ढुवानी नगर्ने चेतावनी दिएको खबर छापेको छ । यो चेतावनीसँगै पछि ग्यास व्यवसायीहरू अन्योलमा परेका छन् । चार्डपर्वका बेला ग्यास ढुवानी नहुँदा बजारमा अभाव हुनसक्ने व्यवसायीहरूले बताएका छन् । एलपी ग्यास उद्योग सङ्घका अनुसार भारतीय ढुवानीकर्ताहरूले गत असारमै पत्रमार्फत डिजेलको भाउ बढेकाले ढुवानी भाडा वृद्धि गर्न आग्रह गरेका थिए । असोज ८ गतेसम्ममा ढुवानी भाडा वृद्धि नगरे भारतीय बुलेटहरूले नेपालमा ग्यास ढुवानी नगर्ने भएका छन् । समस्याका बारेमा सङ्घले बेलैमा सरकारलाई जानकारी गराए पनि सरोकारवाला निकायले चासो नदिएको व्यवसायीहरूको गुनासो छ । 

गोरखापत्र मै प्रस्तावित हेटौडा–कुलेखानी–काठमाडौँ सुरुङ मार्ग निर्माण अन्योलपूर्ण विवादास्पद बन्दै गएको समयमा प्रदेश ३ सरकारले आफैँले निर्माण गर्ने निर्णय गरेको खबर छ । सुरुङ मार्ग निर्माणमा लगानी अभाव र निर्माणको जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडमा नेतृत्व विवादले ढिलाइ भएपछि प्रदेश सरकारले आफैँ निर्माण गर्ने निर्णय गरेको जनाएको छ । प्रदेश ३ का आन्तरिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेले सुरुङ मार्ग प्रदेश सरकारले आफैँले निर्माण गर्ने बताए  । प्रदेश ३ को प्रदेशसभा बैठकमा सोमबार बोल्दै मन्त्री जम्कट्टेलले विकास र समृद्धिसँग जोडिएको सुरुङ मार्ग निर्माणका नाममा निजी क्षेत्रले ओगटेर राखेको आरोप लगाए  ।  

कारोबार दैनिकमा प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलको डीपीआर निर्माणको लागि १ अर्ब बढी रकमं खर्च गर्ने तयारी भएको खबर छापेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved