७ करोड ३९ लाख कित्ता शेयर अनुमतिको पखाईमा, लघुवित्तको ध्यान नाफामा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 08:55:23 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असोज ४ गते बिहिबार प्रकाशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता  दिएर समाचार चापका छन्  । कान्तिपुर दैनिकले मुलुकको केन्द्रीय राजधानीबाट तराई–मधेसको निजगढ जोड्ने राष्ट्रिय गौरवको आयोजना दु्रतमार्ग (फास्टट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दक्षिण कोरियाली परामर्शदाता कम्पनी छनोट भएको खबर छापेको छ । फास्टट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ग्लोबल प्रतिस्पर्धा गराई कम्पनी छनोट गरेको हो । 

कान्तिपुर मै लघुवित्तको ध्यान नाफामा शिर्षकको समाचार छ  । सेयर बजारमा सूचीकृत ३३ लघुवित्त संस्थामध्ये ३१ कम्पनीको सेयर मूल्य ५ सय रुपैयाँभन्दा बढी छ । तीमध्ये १७ कम्पनीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा धेरै छ । तुलनात्मक रूपमा लघुवित्त वित्तीय संस्थाहरूको प्रतिफल राम्रो भएकै कारण यिनीहरूको सेयरमा आकर्षण भएको हो । आठ अर्ब चुक्ता पुँजी, मुलुकभर शाखा सञ्जाल, अर्बौंको व्यवसाय भएका वाणिज्य बैंकहरूभन्दा १० करोडको हाराहारी पुँजी भएका लघुवित्त संस्थाहरूले कसरी धेरै प्रतिफल दिन सक्छन् भन्नेमा धेरैको चासो छ । 

त्यस्तै ८ महिनामा ६ लाख पर्यटन नेपाल आएको समाचार पनि कान्तिपुरमा छ। अध्यागमन विभागले जारी गरेको तथ्यांकअनुसार सन् २०१८ को जनवरीदेखि अगस्तसम्म नेपाल आउने विदेशीको संख्या ६ लाख ८० हजार ९ सय ९६ पुगेको हो । यो सन् २०१७ को पहिलो आठ महिनाको तुलनामा १८ प्रतिशतले बढेको हो ।

कान्तिपुर मै नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित करिब १५ सय मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीसँग नेपाल विद्युत् प्राधिकरणले समझदारी गर्ने तयारी गरेको खबर छ ।

नयाँ पत्रिका दैनिकले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ७ करोड ३९ लाख ७२ हजार ४ सय ४० दशमलव ८१ कित्ता सेयर निष्कासन अनुमतिको पर्खाइमा रहेको खबर छापेको छ । सोमध्ये ३ करोड ९४ लाख ६३ हजार ४ सय १६ कित्ता आइपिओ रहेको छ भने ३ करोड ४५ लाख ९ हजार २४ दशमलव ८१ कित्ता हकप्रद सेयर रहेको छ । आइपिओ निष्कासन गर्न १७ कम्पनी र हकप्रद निष्कासन गर्न ७ कम्पनीले बोर्डमा आवेदन दिएका छन् । 


नयाँ पत्रिकामा पनि प्रति महिना ८५ हजार पर्यटक नेपाल भित्रिएको खबर छ  । त्यस्तै माथिल्लो कर्णाली आयोजना म्याद तेस्रो पटक थपिने सक्ने समाचार नयाँ पत्रिकामा छ  । ७ बर्षे आयोजनामा ४ बर्ष बिती सक्दा पनि लगानी जुट्न नसकेको हो  ।

कारोबार दैनिकले पनि यहि बिषयको समाचार बनाएको छ । समाचारमा नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई दिइएको वित्तीय स्रोत जुटाउने अवधि दोस्रोपटक पनि सकिएको उल्लेख छ । २०७१ असोज २ मा लगानी बोर्ड र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक जीएमआरबीच दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरिसक्ने गरी आयोजना विकास सम्झौता (पीडीए) भएपनि दोस्रो पटक बुधबारदेखि सकिएको हो । २०७३ असोजमा पहिलो पटक वित्तीय व्यवस्थापनको लागि समय एक वर्ष समय थपिएकोमा फेरि २०७४ साल कात्तिकमा फेरि २०७५ असोज ३ सम्मका लागि थपिएको थियो । जीएमआर कम्पनीले वित्तीय व्यवस्थापनका लागि एक वर्ष समय थपका लागि फेरि लगानी बोर्डमा आवेदन दिइसकेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले माथिल्लो कर्णाली आयोजनाले एक वर्ष म्याद थपका लागि आवेदन दिएको र यसबारे लगानी बोर्डको बैठकले निर्णय गर्ने जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved