राष्ट्रपति भण्डारी भारत र श्रीलंका जाने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 13, 2017 | 07:43:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भार दुवै मुलुकले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी भएको जनाउँदै मिति र भ्रमण तालिका सावैजनिक गरेका छन् । भण्डारी आगामी बैशाख ४ देखि ८ गतेसम्म ५ दिने राजकीय भ्रमणमा भारत जाँदै हुनुहुन्छ । 

भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय उच्च अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको आजको नेपाल समाचारपत्रमा खबर  छ ।

यसैबीच राष्ट्रपति भण्डारी अर्को महिना श्रीलंका भ्रमणमा जानुहुने भएको छ । श्रीलंकाका राष्ट्रपतिको औपचारिक निमन्त्रणामा उहाँ आगामी मे महिनाभित्र श्रीलंका भ्रमणमा जाने बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved