अंश जोगाउन १ लाखमा पत्नीको हत्या

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 13, 2017 | 07:58:56 AM मा प्रकाशित

laxmi  sunrise bank

 वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पढिडत कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको छ ।सर्लाही गोडैता ११ का ३५ बर्षीय अमरेन्द्रकुमार पण्डतले १ लाख खर्चेर २८ बर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धनबाट खुलेको हो ।


बबिता जागिरको सिलसिलामा एक बर्षदेखि वीरगन्ज बस्दै आएकी थिइन् ।जिल्ला प्रहरी प्रमुख नरेन्द्रप्रसाद उप्रेतीले बविताले सम्बन्ध विच्छेदसहित अंशका लागि सर्लाही अदालतमा मुद्दा दिएको र अंश दिने आदेश भएको बताए ।


‘उक्त अंश जोगाउनलाई अमरेन्द्रले भाइ नाता पर्नेबाट हत्या गराएको खुलेको छ ।’ उप्रेतीले भने ।बबिता जागिरे भएर उसले अंश लिई अकैसँग विवाह गर्नसक्ने नकारात्मक सोचबाट प्रेरित भएर हत्या गराएको प्रहरीले जनाएको  आजको कान्तिपुरमा खबर छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved