फोरम सहित ६३ दलले बुझाए हस्ताक्षर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 13, 2017 | 08:41:24 AM मा प्रकाशित

laxmi sunrise bank

आफ्ना माग पूरा नभई स्थानीय तह निर्वाचनमा सहभागी नहुने अडान लिएको मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरमले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारको मनोनयन पत्र प्रदान गर्ने पार्टीका नेताको हस्ताक्षर आयोगमा बुझाएको छ ।

सबै पार्टीका तर्फबाट स्थानीय निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दिने अधिकार पाएको आ-आफ्नो पार्टीको नेताको हस्ताक्षर बुझाउन बुधबार साँझ ६ बजेसम्मको समय आयोगले तोकेको थियो । तोकिएको समयभित्र मोर्चा आबद्ध सबै दलले हस्ताक्षर नबुझाएपछि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राति १२ बजेसम्मको समय थप गरेका थिए । थपिएको समयमा पनि कुनै दलले हस्ताक्षर बुझाउन आउने खबर नगरेपछि साँझ सात बजे आयोगले हस्ताक्षर बुझाउने समय सम्पन्न भएको घोषणा गरेको थियो ।

आयोगसचिव गोपीनाथ मैनालीका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्रसहित ६३ दलले हस्ताक्षर बुझाएका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले आयोगमा हस्ताक्षर बुझाएको आयोगले जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा   छ । 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) र मधेस समता पार्टीले पनि हस्ताक्षर बुझाएका छन् । मोर्चासम्बद्ध तमलोपा, सद्भावना, तराई मधेस सद्भावनाले भने हस्ताक्षर बुझाएका छैनन् । आयोगसचिव मैनालीले हस्ताक्षर नबुझाउने दलले निर्वाचनमा स्वतन्त्र हैसियत मात्र पाउने बताउनुभयो । ‘दलको उम्मेदवारले आधिकारिक हस्ताक्षरबाट आउनुपर्‍यो, दलीय हैसियतमा नआउनेलाई स्वतन्त्र हैसियत हुन्छ’, मैनालीले भन्नुभयो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved