थ्रेस होल्ड पश्चात यस्तो छ साना दलको निर्वाचन तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 14, 2017 | 09:43:03 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगले तयारीलाई तीव्र बनाइरहेका छन् । मुख्य राजनीतिक दलहरु पनि स्थानीय तहमा आफु्नो उपस्थिति बलियो बनाउन कम्मर कसेर लागेका छन् । 

रुपान्तरित संसद्मा प्रतिनिधित्व गर्ने साना दल पनि निर्वाचनमा होमिने तयारीमा छन् ।केही साना दल आफ्नो माग पूरा नभएको भन्दै पहिला संविधान संशोधन गरेर माग पूरा गरेपछि मात्रै निर्वाचनमा सहभागी हुने बताइरहेका छन् । केही भने संगठन नभएको भन्दै निर्वाचनभन्दा पनि संगठन निर्माणमा सक्रिय भएर लागेका छन् ।

नेकपा मालेले निर्वाचनमा भाग लिने निर्णय गरिसके पनि कुन–कुन जिल्लामा भाग लिने भन्ने यकिन गरिसकेको छैन । नेपाल मजदुर किसान पार्टीको अवस्था पनि मालेको जस्तै छ । उसले पनि कहाँ–कहाँ निर्वाचनमा भाग लिने भनेर टुंग्याउन सकेको छैन । 

नेकपा संयुक्तले भने स्थानीय तह निर्वाचनमा ११ जिल्लाका स्थानीय तहका उम्मेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले ६५ जिल्लामा उम्मेदवार उठाउँदै छ भने चुरेभावर र समाजवादी जनता पार्टी तालमेलको तयारीमा छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved