अब ट्राफिक नियम मिच्ने पैदलयात्रुलाई पनि कारबाही

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 17, 2017 | 08:44:21 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो । नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भइरहेको महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए । नियम लागू गर्ने तयारी अन्तिम चरणमा रहेको जनाउँदै उनले वैशाख मसान्तदेखि कार्यान्वयनमा आउन सक्ने बताए । 

जथाभावी बाटो प्रयोगले ४० प्रतिशतको मृत्यु

जथाभावी बाटो काट्दा सडक दुर्घटना बढी हुने गरेकाले यो नियम लागू गर्न लागिएको ट्राफिक प्रहरीको भनाइ छ । ‘जथाभावी बाटो काट्नेका कारण उपत्यकामा ४० प्रतिशत मृत्यु हुने गरेको पाइएकाले सडक दुर्घटना न्यूनीकरणका लागि यो नियम कार्यान्वयनमा ल्याउन लागिएको हो,’ डिआइजी लामाले भने । उपत्यकामा मोटरसाइकल तथा स्कुटी गरी ६ वर्षको अवधिमा १८ हजार आठ सय ९१ वटा दुर्घटना परेको छ । ती घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत जथाभावी बाटो प्रयोग गर्ने रहेको डिआइजी लामाले बताए । सवारी तथा यातायात ऐन, २०४९ को १३६ महलमा भएको व्यवस्थाअनुसार उपत्यकामा यो ऐनको कार्यान्वयन गर्न लागिएको उनको भनाइ छ । ऐनमा पैदलयात्रुले फुटपाथको बाटो मात्र प्रयोग गर्नुपर्ने उल्लेख छ । फुटपाथ नभएको खण्डमा सडकको पेटीबाट हिँड्नुपर्ने नियममा व्यवस्था छ । आजको नयाँ पत्रिकामा खबर छ ।

 

उल्लंघन गर्नेलाई दुई सय जरिवाना

नयाँ नियम लागू भएपछि अब पैदलयात्रुले निर्धारित ठाउँबाट मात्र हिँड्नुपर्ने हुन्छ । अबदेखि जेब्राको प्रयोग, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै पैदलयात्रुले हिँड्नुपर्नेछ । सो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ । यो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने डिआइजी लामाले बताए । ‘पैसा नभएको खण्डमा उल्लंघनकर्ताले छुट भने पाउनेछैनन्,’ उनले भने, ‘उनीहरू त्यसको साटो रातभरि प्रहरी कठघरामा बस्नुपर्ने हुन्छ ।’ पैदलयात्रुलाई यो नियमबारे जनचेतना दिइरहेको ट्राफिक प्रहरीले जनाएको छ । गत २८ चैतदेखि नै ट्राफिक प्रहरी सडकको पेटी खाली गर्ने अभियानमा लागेको र जनचेतनामूलक प्रचारप्रसार पनि भइरहेको लामाले बताए ।


दुई दिनमा दुई सयलाई हर्न नियम उल्लंघनमा कारबाही

१ वैशाखदेखि लागू भएको उपत्यका हर्न निषेधित क्षेत्र नियम प्रभावकारी भएको महानगरीय ट्राफिक प्रहरीको मूल्यांकन छ । नयाँ वर्षको पहिलो दिनदेखि यो नियम लागू भए पनि प्रहरीले भने दोस्रो दिनदेखि नियम उल्लंघन गर्नेलाई कारबाही गर्न थालेको हो । ट्राफिक प्रहरीले चेकजाँचका क्रममा दुई दिनमा दुई सयभन्दा बढीलाई कारबाही गरिएको डिआइजी लामाले बताए । यसैबीच, ‘उपत्यका हर्न निषेधित क्षेत्र’ भनेर झुन्ड्याइएको सातवटा आकाशेपुलका ब्यानर गायब भएको छ । सुन्धारा, एनएसी, रत्नापार्क, वीर अस्पताल, जमल, बागबजार र भद्रकाली चोकमा रहेको आकाशेपुलमा झुन्ड्याइएको ब्यानर गायब भएको महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले बताए ।


उल्लंघन गर्नेलाई दुई सय जरिवाना

नयाँ नियम लागू भएपछि पैदलयात्रुले जेब्राक्रस, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै हिँड्नुपर्नेछ । नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले बताए । ‘पैसा नभएको खण्डमा पनि उल्लंघनकर्ताले छुट पाउने छैनन्,’ उनले भने, ‘उनीहरूले त्यसको साटो रातभरि प्रहरी कठघरामा बस्नुपर्ने हुन्छ ।’ पैदलयात्रुलाई यो नियमबारे जनचेतना दिइरहेको ट्राफिक प्रहरीले जनाएको छ । गत २८ चैतदेखि नै ट्राफिक प्रहरी सडकको पेटी खाली गर्ने अभियानमा लागेको र जनचेतनामूलक प्रचारप्रसार पनि भइरहेको डिआइजी लामाले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved