निर्वाचन आयोग धमाधम तयारीमा, यी हु्न् सम्पन्न भएका ९ काम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 17, 2017 | 09:07:59 AM मा प्रकाशित

laxmi  sunrise bank

१) मतदाता परिचयपत्र छपाइ

निर्वाचन आयोगले मतदाता परिचयपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ । आयोगका अनुसारका ६३ जिल्लाका मतदाताको परिचयपत्र छापिइसकेको छ । तिनमा लेमिनेसनलगायतका काम भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । देशभरि एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाता छन् । आयोगको कार्यतालिकाअनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी १० वैशाखभित्र जिल्ला–जिल्लामा ढुवानी गरिसक्ने शर्माले बताए ।


२) मतपत्र छपाइ

आयोगले ६६ जिल्लाका मतपत्र छपाइको काम सकेको छ । दुर्गम र थोरै जनसंख्या भएका जिल्लाको मतपत्र पहिला छापिएको आयोगको भनाइ छ । मतपत्र एक करोड ५४ लाखको हाराहारीमा छापिनेछन् ।


३) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले आइतबार ७५ जिल्लामै जिल्ला न्यायाधीशको नेतृत्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । मुख्य निर्वाचन अधिकृतले १२ वैशाखमा हरेक स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछन् ।


४) मतदाता शिक्षा स्वयंसेवी

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २१ हजार मतदाता शिक्षा स्वयंसेवी कार्यकर्तालाई खटाइसकेको छ । एकजना स्वयंसेवी कार्यकर्ताले कम्तीमा सात सय र बढीमा एक हजारजनालाई प्रशिक्षित गर्नेछन् । वैशाख सुरुदेखि उनीहरू उक्त अभियानमा खटिएका हुन् ।


५) मतदान केन्द्र तय

निर्वाचन आयोगले २१ हजार मतदान केन्द्र तय गरिसकेको छ । केन्द्रको अन्तिम सूची प्रकाशन गर्न मात्रै बाँकी रहेको आयोगका प्रवक्ता शर्माको भनाइ छ । उनका अनुसार १० वैशाखसम्म टुंगो लाग्नेछ ।


६) ढुवानी पनि सुरु

दुर्गम र टाढाका जिल्लामा निर्वाचन प्रचारप्रसारका सामग्री ढुवानी सुरु भइसकेको छ । आयोग प्रवक्ता शर्माका अनुसार १० वैशाखसम्म आवश्यक निर्वाचन सामग्री जिल्लामा पुर्‍याइसक्ने तयारी छ ।


७) छपाइ धमाधम

आयोगले उम्मेदवार फारामलगायतका छपाइका काम भइरहेको जनाएको छ । १६ वैशाखमा उम्मेदवारी दर्ता गर्ने दिन भएकाले आयोगले १० गते फाराम जिल्लामा पुर्‍याइसक्ने तयारी गरेको हो ।


८) सामग्री आउँदै

चीन सरकारले उपलब्ध गराउने निर्वाचन सामग्री सोमबार चिनियाँ राजदूतले निर्वाचन आयोगलाई हस्तान्तरण गर्दै छ । त्यसैगरी, युएनडिपीले सात सय कम्प्युटर आयोगलाई उपलब्ध गराइसकेको नयाँ पत्रिका दैनिकमा खबर  छ ।


९) नीतिगत निर्णय सम्पन्न

आयोगले आफ्ना तर्फबाट तयार गर्नुपर्ने सबै निर्देशिक तयार गरिसकेको छ । त्यसैगरी, निर्वाचन पर्यवेक्षणका लागि खटिने संस्थाहरूको अन्तिम नामावली तयार गर्दै छ । करिब ७० वटा संस्थाले पर्यवेक्षणका लागि निवेदन दिएका छन्, तर विदेशी संस्थाले अनुगमन र पर्यवेक्षण गर्न पाउँदैनन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved