सरकार नै गर्छ सिन्डिकेट !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 17, 2017 | 09:48:29 AM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकमा विधिको शासन स्थापित गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनुपर्ने सरकार नै व्यवसायीको एकाधिकार (सिन्डिकेट) लागू गर्ने अभियानमा लागेको देखिएको छ ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग सिन्डिकेटलाई संस्थागत रूपमै संरक्षण गर्न लागिपरेको तथ्य फेला परेको हो । एसियाली विकास बैंक र विश्व वातावरण सुविधा सहयोगमा काठमाडौं दिगो सहरी यातायात आयोजनाले उपत्यकाको रुट वर्गीकरण गरिरहेको छ ।


आयोजनाले वर्गीकरण गरेको सेकेन्डरी रुट अन्तर्गतको एस–५ (नयाँ बसपार्क–जमल–सिनामंगल) रुटमा असर पर्नेगरी कुनै नयाँ तथा परमिट हेरफेर नगर्न भनेको छ । आयोजनाले पठाएको पत्रअनुसार नै यातायात व्यवस्था विभागले आफू मातहतको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी बागमतीलाई परिपत्र गरेको कारोबार दैनिकमा खबर छ । 


आयोजनाले गत पुस १७ मा विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, “उपत्यकामा दिगो र व्यवस्थित सहरी यातायातका लागि विभिन्न कार्यहरू गर्दै आएको र एस–५ रुटमा साविक ३५ वटा टेम्पो र २६ वटा माइक्रोबस संचालकहरूबाट कम्पनी खडा गरी साविक साना सवारीलाई विस्थापित गर्दै ठूला बसहरू सञ्चालन गर्ने २०७३ मंसिर २६ गते यातायात व्यवस्था विभागमा सहमति भएबमोजिम सेवा सञ्चालन गर्न तदारुकताका साथ प्रक्रिया अगाडि बढिरहेको हुँदा उक्त रुटलाई असर पर्नेगरी कुनै नयाँ रुट परमिट तथा परमिट हेरफेर नदिन हुन अनुरोध गरिन्छ ।” तत्कालीन आयोजना निर्देशक दिपक श्रेष्ठले हस्ताक्षर गरेको उक्त पत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आयोजनाको विभाग एकाइलाई बोधार्थ दिइएको छ । 


तत्कालीन आयोजना निर्देशक सरुवा भएको र नयाँ आएका निर्देशक भीमार्जुन अधिकारीले यसबारे विभागले नै समन्वय गरेको बताए । विभागका अधिकारीहरू भने यसबारे प्रतिक्रिया नै दिन चाहँदैनन् ।


उक्त पत्र पाएपछि विभागले अत्यन्त जरुरी भन्दै पुस २० मा यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारी बागमतीलाई परिपत्र गरेको देखिन्छ । सो पत्रमा ‘एसियाली विकास बैंक र विश्व वातावरण सुविधा सहयोगमा एस–५ रुटमा बसरुर सञ्चालन गर्ने प्रक्रियामा रहेको हुँदा उक्त रुटलाई असर पर्ने गरी नयाँ परमिट तथा परमिट हेरफेर नदिनका लागि भन्दै सोहीअनुसार गर्न गराउन पत्र पठाएको छ ।


बागमती कार्यालयलाई पठाइएको पत्रमा विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठले नै हस्ताक्षर गरेका छन् । विभागले आयोजना व्यवस्थापन तथा समन्वय कार्यालयलाई बोधार्थ दिएको छ । 


एस–५ रुटमा जाँदा नयाँ बसपार्कदेखि गोंगबु चोक, गल्कोपाखा चोक, लैनचौर, केशरमहल, जमल, तीनधारा पाठशाला, कमलपोखरी, ज्ञानेश्वर हुँदै मैतिदेवी, पुरानो बानेश्वर, सिनामंगलसम्म रहेको छ । यस्तै, फर्कँदा सिनामंगलबाट पुरानो वानेश्वर, मैतिदेवी, डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सहिदगेट, ज्ञानेश्वर, कमलपोखरी, जमल, लैनचौर, गल्कोपाखा चोक हुँदै गोंकबु चोबबाट नयाँ बसपार्क पुग्नेछ ।


आयोजनाले उपत्यकाको यातायात व्यवस्थापनका लागि रुट वर्गीकरणको काम गरिरहेको छ । यसअन्तर्गत उपत्यकामा तीन प्रकारका रुट प्राइमरी, सेकेन्डरी र टर्सरी हुन छन् । प्राइमरी ८ वटा सेकेन्डरी १६ वटा र टर्सरी ४२ वटा रुट कायम गर्ने जनाएको छ । आयोजनाको सुझाव कार्यान्यवनमा आउँदा उपत्यकामा ६६ वटा रुट कायम हुनेछ । 


रुट कार्यान्वयनमा आउनु पूर्व परिक्षणमै व्यवसायीको दबाबमा एस–५ रुटलाई असर पर्ने गरस् नयाँ र हेरफेर रुट समेत नदिन विभागले नै परिपत्र गर्नुमा दीर्घकालिन रूपमै सिन्डिकेट स्थापित गर्न लागिगरेको पुष्टी हुने विभागका अधिकारीहरू नै बताउँछन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved